बीपीको उदाहरण दिएर द्दसत्ताको ताक †-श्रीधर शर्मा

बीपीको उदाहरण दिएर द्दसत्ताको ताक †-श्रीधर शर्मा


एउटा नेता थिए पद्मरत्न तुलाधर नामका, जो अचेल मानव अधिकारवादी बनेका छन्, यति भावुक कि यसो केही पर्‍यो कि रोइहाल्ने, आ“सु थाम्नै नसक्ने । अर्काको दु:ख-पीडा देख्न, सहन नसक्ने उनको स्वभाव होला तर यदाकदा आफूले भनेजसो भएन भने पनि आ“सु झार्थे बेलाबखत । अहिले क्रान्तिकारी एवम् अग्रगामी भनिने पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीका सर्वोच्च नेता तथा नेपाली क्रान्तिको नायक कहलिने प्रयत्न गरिरहेका कमरेड प्रचण्ड त्यस्तै देखिन थालेका छन् ।
त्यसो त प्रचण्ड अत्यन्त भावुक छन् भन्ने सुनिएको हो, बेलाबखत उनको भावुकता देखिएको पनि हो । तर, त्यति जोसिलो भाषण गर्ने, विरोधीको उछित्तो काढ्न सिपालु, खोजी-खोजी शब्दवाण प्रहार गर्ने कलामा कुशल र भीड देखेपछि झनै उत्तेजित भई कुम हल्लाउ“दै र औंलो ठड्याउ“दै कर्ुलने प्रचण्ड पनि रुन्छन् भन्दा पत्याउन गाह्रो हुन्छ । अझ कथित जनयुद्धकालमा निर्धा, निहत्था, निर्दोष नागरिकको क्रूरतापूर्वक हत्या गर्न अह्राउने नेता यति साह्रो कमलो मनका होलान् भन्ने सोच्ने कुरा पनि भएन । तर, उनीस“ग पनि भावना छ र रु“दारहेछन् भन्नेचाहि“ अचेल बेलाबेला देख्न-सुन्न पाइएको छ । प्ाछिल्लोपटक यही माघ १६ गते सुनसरीको हा“सपोसामा आयोजित सहिद स्मृति आवासीय विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा प्रदर्शित सांस्कृतिक कार्यक्रममा प्रचण्ड रोएको समाचारले चाहि“ सञ्चारमाध्यमहरूमा राम्रै ठाउ“ पायो । स्मरणीय छ यसअघि उनी शक्तिखोरमा आयोजित माओवादी लडाकुलाई विशेष समितिमातहत राख्ने घोषणा गर्न आयोजित कार्यक्रममा रोएका थिए, आ“सु नै नझरे पनि उनको अनुहार प्रस्टै रुन्चे देखिन्थ्यो ।
सुनसरीको हा“सपोसामा आयोजित उक्त कार्यक्रममा प्रचण्डले धेरै कुरा गरे । आफ्ना थुपै्र गुनासा र असन्तुष्टि ओकल्ने र आफूलाई स्वर्गीय जननायक बीपी कोइरालास“ग तुलना गर्ने धृष्टतासम्म गरे त्यसबखत उनले । कहा“को शान्ति र मेलमिलापका पुजारी बीपी, कहा“को हुलदङ्गा र विद्रोहका कुरा गरेर नथाक्ने प्रचण्ड । आफूलाई पनि ‘बीपीलाई जस्तै प्रधानमन्त्रीबाट अपदस्थ गरिएको’ भन्ने उनको भनाइ कत्ति पनि तुलनायोग्य होइन र यी दुईबीच तुलना नै हुन सक्दैन । किनकि, बीपीलाई निरङ्कुश शासकहरूले षड्यन्त्रपूर्वक अपदस्थ गरेका थिए भने प्रचण्ड आफ्नै अक्षमताले गर्दा प्रधानमन्त्री पद त्याग्न बाध्य भएका हुन्, उनलाई कसैले अपदस्थ गरेको होइन । यसैगरी बीपीले कहिल्यै पनि भ्रम र झुटको खेती गर्नुभएन न त धाकधम्कीकै सहारा लिनुभयो आफ्नो अस्तित्व देखाउन । तर, प्रचण्डहरू कसरी यहा“सम्म आइपुगे र अहिले पनि के-के गरिरहेका छन् सबैका सामु र्छलङ्ग नै छ ।
प्रचण्डहरू जुन बाटो हि“डिरहेका छन्, अरूलाई दोष दि“दै र अरूलाई नसुन्दै जसरी अझै पनि गलत बाटो रोजिरहेका छन्, त्यसलाई हेर्दा उनीहरू र बीपीको कुनै पनि हालतमा कही“ कतै तुलना हुन सक्दैन । यस्तो यथार्थलाई बेवास्ता गर्दै र नबुझेझैं कहिले ‘मदन भण्डारी र राजा वीरेन्द्र राष्ट्रवादी भएकाले मारिए, आफू पनि राष्ट्रवादी भएकै कारण सबैतिरबाट लखेटिनुपरेको’ बताउने, कहिले बीपीस“ग तुलना गरेर हि“ड्ने प्रचण्डको मानसिकता यतिखेर गजवको देखिएको छ । यसरी अरूको उदाहरण दिएर आफूलाई उनीहरूकै समकक्षी देखाउन खोज्नुभन्दा आफ्ना सकारात्मक कामकारबाही र व्यवहारले पो त लोकप्रिय हुन सक्नुपर्छ । आफूलाई ‘महान्’ र ‘सर्वोच्च’ ठान्ने व्यक्तिले यसखालको तरिका अपनाउनु सुहाउ“दो होइन ।
वास्तवमा अहिले प्रचण्डलाई जसरी पनि सत्ता चाहिएको छ । तर ‘हामीलाई कुर्सी प्यारो लागेको होइन, त्यसैले त नौ महिनामै कुर्सी छाडेर जनतामाझ आएका हौ“’ भनेर आफ्नो कमजोरी लुकाउने प्रयत्न गरिरहेका छन् प्रचण्ड स्वयम् । यसो भनेर जनताको सहानुभूति बटुल्ने प्रयत्न गरिरहेका छन् उनी । तर, सत्तामा जानका लागि यो बाटो उचित होइन । सत्ता पाउन रुवावासी वा छलछाम र भ्रमको सहारा लिनु उचित हु“दैन । सहानुभूति खोज्ने नै हो भने आफूले कुनै राम्रो काम गरेको भए, कुनै उल्लेख्य योगदान गरेको भए त्यसको सहारा लिनुपर्छ । त्यस्ता केही नभएपछि छिमेकीलाई सत्तोसराप गरेर सा“चिलो हुन खोज्नु र्व्यर्थ हुन्छ । यसैगरी सत्तामा पुग्न सहयात्रीहरूको विश्वास प्राप्त गर्न सक्नुपर्छ । विश्वास पाउनका लागि इमान्दार हुनुपर्छ । इमान्दारिता पारदर्शितामा हुन्छ । सहमति एउटा गर्ने व्यवहार अर्कै देखाउने गर्दा दोहरो चरित्र देखिन्छ, जसले विश्वास सङ्कटमा पर्छ । त्यसैले यस्ता गल्ती गर्नुहु“दैन ।
सत्ताका लागि रुवाबासी, त्यो पनि बीपीजस्ता सम्मानित नेताको उदाहरण दिएर । बीपीस“ग दा“जिएर गर्नु निन्दनीय छ, किनकि यस मुलुकको सबैभन्दा पुरानो पार्टी जसले निरङ्कुशताको विरुद्ध पहिलो आवाज उठायो उसैलाई अर्घर्ेेे देख्ने, त्यही दललाई आफ्नो प्रमुख शत्रु किटान गर्ने, यथास्थितिवादी, विदेशी दलाल भन्ने, अनेकथरी आरोप लगाउने अनि त्यही पार्टीका संस्थापक नेतालाई राष्ट्रवादी भन्ने, आदर्श ठान्ने र उनैको नाम लिएर, आफू पनि ‘उहा“जस्तै राष्ट्रवादी र स्वाधीनता पक्षधर’ भएको बताएर आफ्नो उचाइ बढाउन खोज्ने – कस्तो धूर्त्याइ“ – त्यो बीपीकै पार्टी हो जसले जहानिया“ राणाशाहीको अन्त्य गर्ने क्रान्तिको नेतृत्व गर्‍यो, जसले निरङ्कुश पञ्चायती शासनका विरुद्धको आन्दोलनको नेतृत्व गर्‍यो र जसले राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक जनआन्दोलनको समेत नेतृत्व गर्‍यो । त्यो यथास्थितिवादी हुनै सक्दैन । वास्तवमा समयानुकूल नीति र परिस्थितिअनुरूप रणनीति तयार गर्दै, आफूलाई परिमार्जन र परिष्कृत गर्दै अघि बढ्ने पार्टी त क्रान्तिकारी र अग्रगामी पो हुन्छ । अग्रगमन र क्रान्तिकारिता भनेको भीडतन्त्र, जोरजबर्जस्ती र विधिहीनता हो भने कुरा भिन्नै हो होइन भने आफूलाई अग्रगामी र क्रान्तिकारी ठान्ने तर विश्वबाटै फालिइसकेको थोत्रा विचारका पिछलग्गु बन्ने प्रचण्डहरूले सोच्ने कि –
अहिले प्रचण्ड सम्भवत: आफ्ना गल्ती-कमजोरीलाई महसुस त गर्दै छन् तर तिनलाई ठाडै स्वीकार्दा -प्रचण्डहरूकै भाषामा) ‘इतिहासमा कायर ठहरिने’ भयले भित्रभित्रै रोए पनि हा“सेको अभिनय गरिरहेका छन् । अरूस“ग सीधै हात पसारेर सहयोग माग्न हिचकिचाउ“दै छन् तर घुमाएरचाहि“ सहयोगको याचना गरिरहेका छन् । एकातिर सत्ताको भोक पनि छ, अर्कोतिर ‘अंगुर अमिलो’ भएको अभिनय पनि गर्नु परिरहेको छ । यसैले कुरा मिलिरहेको छैन, तालमेल मिल्न सकेको छैन । घरभित्र झगडा छ तर छिमेकीलाई दोष लगाएर चोखिनु परेको छ । यस्ता धेरैखाले बाध्यता उनीहरूस“ग छन् । जनतामाझ बा“डेका झुटा आश्वासनहरू पूरा हुनेवाला छैनन् । यसैले जनतालाई अझै पनि भ्रममा राखिरहनुपरेको छ । त्यसका लागि अरू थुप्रै झुटहरूको सहारा लिनु परिरहेको छ । तर, जनता रिसाए भने झापडसम्म हान्दारहेछन् भन्ने उदाहरण देखिइसकेको हु“दा त्यसबाट जोगिन पनि अलि विचार पुर्‍याउनुपर्ने अवस्था छ । यी सबै कुरालाई ख्याल राख्दै साहसका साथ अघि बढ्न कमरेड प्रचण्डलाई सद्बुद्धि मिलोस् भन्ने कामना तथा हा“सपोसामा एकजना सहिदपिताले ताकिसकेको थप्पडबाट जोगिएकामा बधाईसमेत दिन चाहन्छु ।