प्रचण्डपुत्रको स्मृतिमा राष्ट्रिय मुवाँथाई

प्रचण्डपुत्रको स्मृतिमा राष्ट्रिय मुवाँथाई


हेटौँडामा आयोजना हुने प्रहाश दाहाल स्मृति कप चौथो राष्ट्रिय मुवाँथाई प्रतियोगिताको तयारी पुरा भएको मुवाँथाई संघका अध्यक्ष गणेश कक्षपतीले जनाएका छन् ।

नेपाल राष्ट्रिय मुवाँथाई संघ र अल नेपाल मार्सल आर्ट एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा नेपालका ३० खेलाडीहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा पूर्वराष्ट्रिय च्याम्पियन खेलाडी तथा अन्तर्राष्ट्रिय च्याम्पियन राहुल थोकर लामा र सन्तोष मगरका साथै भारतका चिरपरिचित ५ खेलाडीहरुको समेत सहभागिता रहने अध्यक्ष कक्षपतीले बताए ।

माघ २८ र २९ गते हुने बृहत प्रतियोगितामा तेक्वान्दो, कराते, मुवाँथाई खेलको प्रदर्शनसमेत रहने आयोजकले जानकारी गराएका छन् ।

नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने प्रतियोगितामा पुरुष तर्फ ५५, ६०, ६५, ७० केजी र महिलातर्फ ५५–६० केजी तौलमा प्रतिस्पर्धा गराइने भएको छ ।

तस्बिर रासस