कराते प्रशिक्षण हल बनाउन आर्थिक सहयोग

कराते प्रशिक्षण हल बनाउन आर्थिक सहयोग


पोखरामा कराते खेलाडीका लागि सुविधा सम्पन्न प्रशिक्षण हल निर्माण गर्न अमेरिकाको क्यालीफोर्नियास्थित हिमालयन फाउन्डेशन करर्पोरेशनले ३० हजार अमेरिकी डलर सहयोग प्रदान गरेको छ ।

पोखरामा आयोजित एक कार्यक्रममा हिमालयन फाउन्डेशनका अध्यक्ष यज्ञलाल श्रेष्ठले उक्त रकम बराबरको चेक संघका अध्यक्ष सुष्मा गुरुङलाई हस्तान्तरण गरेका छन् । नेपालका पूर्व धावक र हाल अमेरिका बस्दै आएका श्रेष्ठले आफ्नो व्यवसायको केही रकम च्यारिटी मार्फत नेपालमा सहयोग स्वरुप प्रदान गर्दै आइरहेको बताएका छन् ।

कार्यक्रम सितोरिया सेइको काई कराते संघका संस्थापक अध्यक्ष फत्तबहादुर गुरुङले पोखराको चाउथेमा करिव ७ आना जग्गामा उक्त प्रशिक्षण हल निर्माण कार्य अघि बढाइएको बताए ।