मोफसलकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुँदै

मोफसलकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुँदै


मोफसलकै सर्वाधिक राशीको झापा गोल्डकपको तेस्रो संस्करण फागुन १९ गतेदेखि सुरु हुने भएको छ ।

स्थानीय डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताबारे आयोजक समितिले मङ्गलवार विर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । रमपम झापा ११ फुटवल क्लवको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सो प्रतियोगिता नक आउटका आधारमा सञ्चालन हुने बताइएको छ ।

प्रतियोगितामा नेपालका नौ र भारतको एक गरी कूल १० टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालका झापा ११, रुपन्देही, मनाङ मस्र्याङदी, हिमालय शेर्पा, सुदुरपश्चिम ११, थ्रीस्टार तीवटा विभागीय तथा भारत सिक्किम युनाइटेड क्लव पनि सहभागी हुनेछ ।

यसवर्ष बिजेता टीमले १२ लाख ५१ हजार नगद प्राप्त गर्ने छ । प्रतियोगिता सञ्चालनका लागि एक करोड रुपैयाँ खर्च अनुमान प्रतियोगितामा टिकट बिक्रीबाट ४२ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

– रेजिना गौतम