तपाईंको यो साता (राशिफल, फागुन २-८, २०७४)

तपाईंको यो साता (राशिफल, फागुन २-८, २०७४)


मेष
अधुरा कार्यहरू पूरा हुनेछन् । राजनीतिक कार्यमा सफलता मिल्नेछ । राष्ट्रिय भावनाको विकास हुनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ सेतो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि कालभैरवको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष

ठीक समयमा सही निर्णय लिन सकिनेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । कार्य सम्पादनमा सहजता मिल्नेछ । अभिभावकको आशीर्वादले काम गर्न सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । व्यापारमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व मृत्युञ्जय भगवान्को ध्यान गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मिथुन
नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । मंगल कार्यको योग छ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । शैक्षिक भ्रमणको अवसर प्राप्त हुनेछ । साताको अन्त्यमा घरायसी विवाद बढ्नेछ । फलदायी यात्रा नरहला । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ सेतो वा सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कर्कट
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कामको थालनी हुनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ८ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बटुकभैरवको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । साताको पहिलो दिनबाट चिरप्रतिद्वन्दीहरूले कार्यमा अवरोध ल्याउनेछन् । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो इष्टदेवताको स्मरण गरी आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । प्रेमी÷प्रेमिकाबीच सामीप्यता बढ्नुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । वैदेशिक कार्यहरू अघि बढ्नेछन् । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ केशरी वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला
महत्वपूर्ण अवसर गुम्न सक्छ । लेनदेनमा विवाद बढ्नेछ । सरकारी निकायबाट सहयोग मिल्नेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व सिद्धिविनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

वृश्चिक
राजनी
तिक कार्यमा सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । राष्ट्रिय भावनाको विकास हुनेछ । आकस्मिक धनलाभ हुनेछ । साझेदारीमा गरेको कार्यबाट आर्थिक लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ घिउरङ वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो कुलदेवताको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु
कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साथीभाइसँग समय बित्नेछ । आँटेकोे र ताकेको कार्य पूरा होला । राजनीति अधिकारमा सफलता मिल्नेछ । साताको पूर्वार्धमा मन खिन्न हुने स्थिति आउनेछ । पारिवारिक सद्भाव बढ्नेछ । नवीन कार्यको सुरुवात हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनुहोला । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ हरियो हो । शुभकर्म गर्नुपूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मकर
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । राज्यबाट मानसम्मान पाइनेछ । स्वादिष्ट भोजन मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । चिट्ठा वा लट्रीबाट आय हुने सम्भावना छ । रमणीय र सुखद यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क ६, ८ र शुभरङ घिउरङ वा सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्मीजीको दर्शन गरी आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
सामान हराउने योग छ । राजनीतिक कार्यमा बाधा आउनेछ । पारिवारिक उल्झनमा परी प्रेमी÷प्रेमिकाबीच केही अप्ठ्यारा परिस्थिति सिर्जना हुनेछन् । साताको पूर्वार्धबाट धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ वैजनी वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
शुभकार्यको चर्चा चल्नेछ । पदोन्नतिको सम्भावना छ । नयाँ काम वा रोजगार पाइनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । रमाइलो यात्राको योग रहेको छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ कालो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।