सर्वाधिक धनराशीको ‘महिला राष्ट्रिय क्रिकेट’ धनगढीमा

सर्वाधिक धनराशीको ‘महिला राष्ट्रिय क्रिकेट’ धनगढीमा


सर्वाधिक धनराशीको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन ९ गतेदेखि सुदुरपश्मिको धनगढीमा हुने भएको छ । पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि तयारी तिव्र पारीएको धनगढीमा आयोजित पत्रकर सम्मेलनमा जानकारी गराईएको छ ।

फागुन ९ देखि १४ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगीतालाई सफलताका साथ संचालन गर्न मुल समिति गठन गरिएको छ । प्रतियोगितामा साविकका ५ विकाश क्षेत्र र विभागिय टोली एपीएफ गरि ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकाश समितिका उपाध्यक्ष समेत रहनुभएका प्रतियोगिताका सयोजक बाबुराजा श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । ‘वुमेन अफ द सिरीज’ लाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता आयोजनाका लागि अनुमानित ३८ लाख ६३ हजार खर्च लाग्ने श्रेष्ठले जानकारी गराएका छन् ।

बर्तमान अवस्थामा प्रतियोगिता संचालनका लागि मैदान र पिच निर्माणको काम भईरहेको छ । प्रतियोगीतामा सहभागी हुने ६ टिमलाई २ समुहमा विभाजन गरी लिग चरणका आधारमा खेलाइने आयोजक कैलाली जिल्ला खेलकुद विकस समितिका अध्यक्ष दीपक सिहले बताएका छन् । त्यस्तै प्रतियोगितामा सहभागिता जनाउने सुदुरपश्चिमको टोलीले पनि अभ्यास सुरु गरेको छ ।–सीताराम ओझा, धनगढी