अन्तरविद्यालय बास्केटबलमा स्काइलार्क र निम्सलाई उपाधि

अन्तरविद्यालय बास्केटबलमा स्काइलार्क र निम्सलाई उपाधि


स्काइलार्क र आयोजक निम्सले सातौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । स्काइलार्क ब्वाइज तथा निम्स गल्र्समा च्याम्पियन बनेका हुन् ।

टोखास्थित आयोजक निम्सको कोर्टमा भएको ब्वाइज फाइनलमा स्काइलार्कले रेडिअन्टलाई ५२–४४ ले पराजित गरेको हो । स्काइलार्कका सुनील मगरले २८ अंक जोडेका थिए ।

गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन निम्सले श्रीदिवालाई २७–१९ ले हराउदै उपाधि रक्षा गरेको थियो । निम्सकी डोल्मा तामाङले १५ अंक जोडेकि थिइन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुनील र डोल्मा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैलाई रिबोकको ट्रयाकसुट उपहार स्वरुप प्रदान गरियो । ब्वाइजमा माउन्ट कैलाश र गल्र्समा मोनास्टिक पब्लिक स्कुलले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई निम्सकी प्रमुख कार्यकारी अधिकृत निकोल ठकुरी, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघकि महासचिव अन्जु राउतलगायतले एक कार्यक्रमविच पुरस्कृत गरेका थिए । प्रतियोगिताको ब्वाइज र गल्र्समा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।