नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार दोस्रोपटक मुलुकको प्रधानमन्त्री बनेका छन् ।प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाले देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति कार्यालयले संविधान अनुसार ओलीलाई प्रधानमन्त्री नियक्त गरेको हो।
संविधानअनुसार प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि वाम गठबन्धनका तर्फबाट ओली प्रधानमन्त्रीमा चयन भएका हुन् । प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि बिहीबार प्रधानमन्त्रीका लागि दाबी विरोध पेस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
नवनिर्वाचित प्रधानमन्त्री ओलीले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।
पहिलोपटक २०७२ असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका उनि २९ महिनापछि पुनः प्रधानामन्त्री भएका हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा स्वीकृत गरेलगत्तै ओलीलाई नियुक्त गरेकी हुन् । नेपाल समाचारपत्र दैनिक
प्रतिक्रिया