पाल्पा बगनासकालीमा वृद्धाको हत्या

पाल्पा बगनासकालीमा वृद्धाको हत्या


पाल्पा, बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ ।

छिमेकी विष्णु खनालले आज बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

हत्यापछि फरार अभियुक्त खनाललाई तानसेन नगरपालिका–६ बर्तुङमा लुकेको अवस्थामा प्रहरीेले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।