बाँकेको खजुरामा नेपालकै पहिलो भलिबल स्टेडियम

बाँकेको खजुरामा नेपालकै पहिलो भलिबल स्टेडियम


बाँकेको खजुरा गाउँपालिका वडा नंं. २ मा नेपालकै पहिलो भलिबल स्टेडियम निर्माण हुने भएको छ । रिमझिम बजार नजिक रहेको शुक्र माविको करीब ४ विगाहा क्षेत्रफलमा भलिबल स्टेडियम र खेलकुदका अन्य भौत्तिक संरचना निर्माण गरिने भएको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले फागुन ८ गते एक समारोहका वीच स्टेडियमको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव विष्टले ६ महिनाभित्र उक्त स्टेडियमको निर्माण कार्य सम्पन्न हुने जानकारी दिए । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भलिबल उक्त स्टेडियममा हुने बताए ।

करीब ३ करोडको लागतमा १० हजार दर्शक अट्ने २ वटा कोर्ट भएको र चेन्जिंग रुमसमेत निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले बताएका छन् ।