कान्ति भैरव र एकतालाई इसान कप

कान्ति भैरव र एकतालाई इसान कप


कान्ति भैरव र एकता जेम्स स्कुलले सातौं इसान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेका छन् । कान्ति भैरव ब्वाइज तथा एकता गल्र्समा च्याम्पियन बनेका हुन् ।

संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा कान्ति भैरवले बुद्ध एकेडेमीलाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि सम्भव तीनै गोल पासाङ स्याङ्बो शेर्पाले गरेका थिए ।

गल्र्सको उपाधि भिडन्तमा एकताले लिबर्टीलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको थियो । ब्वाइजमा गुरुकुल र गल्र्समा मंगलदीप तेश्रो भए ।

ब्वाइजमा रिम्सका अभिषेक आले र गल्र्समा मंगलदीपकी सोनाम साङमु शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । ब्वाइजमा गुरुकुलका सञ्जय खतिवडा र गल्र्समा लिबर्टीकी डोल्मा शेर्पा उत्कृष्ट गोलरक्षक चुनिए । त्यस्तै प्रतियोगिताभर ब्वाइजमा १२ गोल गरेका कान्ति भैरवका पासाङ स्याङबो शेर्पा तथा गल्र्समा ४ गोल गरेकी एकताकी सरा दर्नाल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष तीन स्थान प्राप्त गरेका थिए ।

विजेतालाई प्रदेश सभा सांसद इन्द्रबहादुर बानियाँ, इसानका अध्यक्ष बालमुकुन्द कार्कीलगायतले पुरस्कृत गरेका थिए । चारदिने प्रतियोगिताको ब्वाइजमा २२ तथा गल्र्समा १२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।