प्रदेश नम्बर–३ का पदाधिकारीलाई कार्यभार

प्रदेश नम्बर–३ का पदाधिकारीलाई कार्यभार


नेपाल तेक्वान्दो संघको प्रदेश नम्बर–३ को तदर्थ समितिका पदाधिकारीलाई कार्यभार प्रदान गरिएको छ । केशव पुरीको अध्यक्षतामा रहेको ३१ सदस्यीय कमिटीलाई जिम्मेवारी प्रदान गरिएको हो । उनीहरूलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास सम्सेर राणालई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सो अवसरमा पूर्वमन्त्री शरदसिंह भण्डारीले खेलकुदको माध्यमबाट राष्ट्रले सधै गर्व गर्ने अवस्था बनिरहेको बताए । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाली तेक्वान्दोले देशको खेलकुदको धरातललाई उचो स्थानमा पु¥याएको स्मरण गर्दै अझै ठुलो सफलता दिलाउनेमा विश्वास व्यक्त गरे ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्षसमेत रहेका डिआइजी सर्वेन्द्र खनालले देशका लागि शान्तिपूर्ण तरिकाले लड्ने खेलाडी जहिले पनि उचो स्थानमा रहने भएकाले राष्ट्रले खेलाडीको संरक्षणका लागि विशेष खाका ल्याउनु पर्ने बताए । सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्षत्रय हरिश्वर पोख्रेल, नन्दुकुमार राई र दिलबहादुर वलि तथा महासचिव दीपराज गुरूङको उपस्थिती रहेको थियो ।

नेपाल तेक्वान्दोका संघको तीन नम्बर प्रदेशको ६ उपाध्यक्ष विराजभक्त श्रेष्ठ, राजनसिंह भण्डारी, एआइजी माधव नेपाल, दीपक मलहोत्रा, प्रकास खड्गी र मिनबहादुर थापा तथा महासचिवमा रमेश खड्का छन् । त्यस्तै सचिवमा राजेश प्रजापती, कोषाध्यक्षमा किरण थापा र सह–कोषाध्यक्षमा हरिहर ढुगांना छन् ।
२० सदस्यमा टोनिल कर्मचार्य, पर्शुराम योन्जन, कविराज नेगी लामा, आयषा शाक्य, दिल महर्जन, मनोज खड्गी, वसन्ती डंगोल, धिरज प्रताप सिंह, श्रवणकुमार जिसी, मोहनकृष्ण श्रेष्ठ, लक्ष्मण राना मगर, सुदर्शन खनाल, रमेश भट्टराई, सुमन पराजुली, निर्मल लामा, नरेन्द्र थापा, सोभितमान गिरी, विक्रम खड्गी, राजेन्द्र खत्री र वीरमान तामाङ छन् ।