खरेलद्वारा एमाले केन्द्रीय सदस्यबाट राजीनामा

खरेलद्वारा एमाले केन्द्रीय सदस्यबाट राजीनामा


अग्नि खरेलले नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीकाे ठेगाना राखेर उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन् ।

संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले पार्टी छोडेको राजीनामा पत्रमा उल्लेख छ। ‘महान्यायाधिवक्ता पदको महत्वपूर्ण संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले हालको अवस्थामा पार्टीको जिम्मेवारीबाट राजीनामा गरेको छु’, खरेलको राजीनामा पत्रमा भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगबार खरेललाई महान्यायाधिवक्तामा सिफारिश गरेका थिए। सोही दिन राष्ट्रपतिले सिफारिश कार्यान्वयन गरेकी थिइन् ।