‘गुरुजी होसियार ! तपाईंको गल्ती नै हाम्रो पीडाको क्षण हो’

‘गुरुजी होसियार ! तपाईंको गल्ती नै हाम्रो पीडाको क्षण हो’


आशिष रिजाल स्मृति समितिले फागुन ९ गते ‘ट्राफिक सचेतना ¥याली तथा कार्यक्रम’को आयोजना गरेको छ । समितिले आशिषको ४५ औं दिनको पुण्यतिथिमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

सार्वजनिक यातायातको लापरवाहीको कारण तपाई, हाम्रो आफन्तजन र परिवारको सदस्यलाई गुमाउनु नपरोस भन्ने नारा सहित सचेतना कार्यक्रमको आयोजना गरिएको थियो ।

आशिषको गत महिना माइक्रोबसबाट लडेर मृत्यु भएको थियो । नेपालटार शेषमतीस्थित घरबाट विहान कलेज हिँडेका आशिष एक नम्बर बाहिनीको मोडमा लड्दा सोही माइक्रोसले किचेको थियो । माइक्रोबसले किचेपछि आशिषलाई टीचिङ अस्पताल पु¥याए पनि चार घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो ।

२३ वर्षीय आशिष इन्जिनियरिङका विद्यार्थी हुन् । उनी स्कीम कलेज बानेश्वरमा इन्भारमेन्टमा इन्जिनियरीङ अध्ययन गरिरहेका थिए । नेपालटारको युरेका बोर्डिङ स्कुलमा प्राथमिक शिक्षा लिएका आशिषको स्मृतिमा आयोजित सचेतना कार्यक्रमा युरेका स्कुल र स्कीम कलेजका छात्रछात्राको बाक्लो उपस्थिति रहेको थियो ।

सचेतना कार्यक्रमअन्तर्गत आज फागुन ९ गते पहिलो कार्यक्रम दुर्घटनास्थल एक नम्बर वाहिनीमा आयोजना गरिएको थियो । त्यसपछि बालाजु चोकसम्म ¥याली गर िसचेतनाको सन्देश दिइएको थियो । दोश्रो कार्यक्रम माईतीघर मण्डलमा आयोजना गरी आशिष अध्ययनरत स्कीम कलेजमा गएर टुङ्गीएको थियो ।

जनचेतना कार्यक्रममा सुरक्षित यात्रा अभियानका महासचिव गोविन्द भट्टराई, आशिषको सानीआमा गीता रिजाल र यस कार्यक्रमका संयोजक बैरागी जेठाले सम्बोधन गर्दै दुर्घटना कसरी हुन्छ, त्योबाट कसरी बच्न सकिन्छ भन्ने सन्दर्भमा जानकारी गराएका थिए । सो अवसरमा उनीहरुले ‘गुरुजी होसियार ! तपाईंको गल्ती नै हाम्रो पीडाको क्षण हो’ भनी भावुक भएर सचेतना जगाउने प्रयत्न गरेका थिए ।