चिकित्सक केसीद्वारा गल्ती स्वीकार, ‘मानवीय त्रुटी’ भन्दै उम्कने प्रयास

चिकित्सक केसीद्वारा गल्ती स्वीकार, ‘मानवीय त्रुटी’ भन्दै उम्कने प्रयास


सर्वोच्च अदालतका प्रधानन्यायाधीशको जन्ममिति फरक–फरक रहेको भन्दै नैतिक प्रश्न उठाउने अनशनकारी डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेका दस्तावेजहरूमा भिन्न–भिन्न जन्ममिति भएको तथ्य घटना र विचारले सार्वजनिक गरेपछि केसी तिल्मिलाउन पुगेका अनुभूति गरिएको छ । आफ्ना विभिन्न प्रमाणपत्रहरूमा फरक–फरक जन्ममिति भएको बारे जवाफ दिन आज त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलनसमेत आयोजना गरेका छन् ।

जन्ममितिबारे विवाद उठेकोले सार्वजनिक जवाफ दिन विवश बनेका चिकित्सक केसीले आफूबाट त्रुटी भएको आमसञ्चारकर्मी समक्ष स्वीकार गरेका छन् । विभिन्न प्रमाणपत्रहरूमा आफूले फरक–फरक जन्ममिति उल्लेख गरेको स्वीकार गरेका केसीले गल्ती ढाकछोप गर्न आफूबाट ‘मानवीय त्रुटी’ भएको तर्क गरेका छन् ।

यसरी आफ्ना प्रमाणपत्रहतमा फरक–फरक जन्ममिति भएको तथ्यलाई ‘मानवीय त्रुटी’ भन्दै उम्कन खोजेका चिकित्सक केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको हकमा चाहिँ मानवीय त्रुटी भएको हुनसक्ने या नसक्नेबारे केही बोलेका छैनन् । उनले आफ्ना प्रमाणपत्रमा भएका ‘त्रुटी’ सच्याउन अब पहल गर्ने अभिव्यक्ति दिएका छन् ।

यस्तो छ चिकित्सक केसीको वक्तव्य–

यो पनि हेर्नुहोस्-

गोविन्द केसीकै जन्ममिति तीनवटा