सर्वोच्च अदालतले सरकारले सबै प्रकारका सवारी साधनमा अनिवार्य रुपमा राख्न भनेको इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको एक इजलाशले बिहीवार इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।
वातावरणविद् भरत बस्नेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश पराजुलीको एकल इजलाशले निर्णय रोक्न आदेश दिएको हो ।
प्रतिक्रिया