जुडोको आईओसी सोलिडारिटी कोर्स शुरु

जुडोको आईओसी सोलिडारिटी कोर्स शुरु


नेपाल ओलम्पिक कमिटीको सहयोग तथा नेपाल जुडो संघको आयोजनामा जुडोको आईओसी सोलिडारिटी कोर्स सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

कोर्समा विभिन्न जिल्लाका ६० प्रशिक्षक सहभागि छन् । सहभागिलाई नयाँ र सिनियर खेलाडीलाई कसरी प्रशिक्षण दिने लगायतका विषयमा जानकारी दिइने छ । अन्तर्रा्ष्ट्रिय जुडो महासंघ (आईजेएफ) का टेक्निकल एक्सपर्ट अमर मेरिग्जाले पाँच दिनसम्म प्रशिक्षण दिने छन् ।

कोर्सको सांसद् एवं एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । उनले विगत लामो समयदेखि विभिन्न खेलका सोलिडारिटी कोर्स सञ्चालन गर्न एनओसीले सहयोग गर्दै आइरहेको बताउदै टोकियो ओलम्पिकलाई मध्यनजर गरी खेलाडी वैदेशिक प्रशिक्षणमा पठाउन एनओसीले तयारी गरिहेको जानकारी गराए ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले सोलिडारिटी कोर्स सञ्चालन गर्न सहयोग गरेकोमा एनओसीलाई धन्यवाद दिदै सहभागीले कोर्सबाट सक्दो लाभ लिनु पर्नेमा जोड दिए ।

यसैबीच दुईदिने रेफ्री सेमिनार कोर्स पनि बुधबारैदेखि सुरु भएको छ । सेमिनारमा जुडोमा परिवर्तित नयाँ नियमका बारेमा जुडो संघका महासचिव समेत रहेका अन्तराष्ट्रिय निर्णायक धर्मकुमार श्रेष्ठले सहभागीलाई अवगत गराउने छन् ।