नेपाली उत्पादनलाई मात्र समेटेर जुत्ताचप्पलको प्रदर्शनी शुरु

नेपाली उत्पादनलाई मात्र समेटेर जुत्ताचप्पलको प्रदर्शनी शुरु


काठमाडौंमा नेपाली उत्पादनहरुलाई मात्र समेटेर जुत्ताचप्पलको प्रदर्शनी शुरु भएको छ । नेपालमा उत्पादित जुत्ताचप्पलको बजार विस्तार गराउने उद्देश्यले प्रर्दशनी आयोजना गरिएको हो ।

बिहीबारदेखि काठमाडौ स्थित भृकुटिमण्डपमा जुत्ताचप्पल प्रर्दशनी शुरु भएको हो । नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी संघद्धारा आयोजित जुत्ताचप्पललाई प्रर्दशनीमा स्वदेशी उत्पादनहरु मात्र राखिएको जनाएको छ ।

नेपालमा उत्पादित जुत्ताचप्पलहरुको डिजाइनको सबै उपभोक्ताबीच चिनारी गराउन प्रदर्शनी सफल हुने बताइएको छ । करिव सात भन्दाबढी जुत्ताचप्पल उत्पादक कम्पनीहरुले प्रर्दशनीमा भाग लिएको नेपाल जुत्ताचप्पल व्यवसायीसंघले जनाएको छ । आयोजकले प्रथ ऐतिहासिक जुत्ताचप्पल प्रदर्शनी नाम दिएको प्रदर्शनीमा एक हजार भन्दा बढी व्राण्डका स्वदेशी उत्पादन राखिएको केटीएम ब्राण्ड जुत्ताचप्पलका सञ्चालक प्रमुख प्रमोद महतले बताए ।

दश दिनसम्म सञ्चालन हूने प्रदर्शनीमा चार लाख भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने विश्वास गरिएको छ । अवलोकनकर्तालाई स्वदेशी ब्राण्डको जुत्ताचप्पल चिनाएर आफ्नोपनप्रति आकर्षित तुल्याउने योजना लिएको नेपाल जुत्ताचप्पल व्यवसायी संघको छ ।

पछिल्लो समय नेपाली उत्पादनहरु विदेशीको तुलनामा कम छैन् भन्दै उद्योगीहरुले सर्बसाधारण जनतालाई जानकारी दिने उद्धेश्यले नेपाली बस्तुको प्रदर्शनी गर्न थालेका छन् ।