नाम र स्थायी राजधानी तोक्न आज प्रदेश ६ को संसद् बैठक बस्दै

नाम र स्थायी राजधानी तोक्न आज प्रदेश ६ को संसद् बैठक बस्दै


प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ ।

बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ । शनिबार अपराह्न १ः०० बजे बस्ने बैठकले प्रदेश नं ६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् ।

‘प्रदेश ६ को नामाकरण र स्थायी राजधानीका लागि दुई–दुईवटा नाम प्रस्ताव गरिएको छ ।’ उनले भनिन्, ‘नामका लागि ‘भेरी–कर्णाली’ र ‘कर्णाली’ प्रस्ताव गरिएको छ भने राजधानीका लागि सुर्खेत र जुम्ला प्रस्तावि गरिएको छ । आजको बैठ्कले यसबारे निर्णय गर्नेछ’

संविधानले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार सम्वन्धित प्रदेशसभालाई नै दिएकोले ब्यापक छलफलपछि प्रदेश सभाले यसबारे निष्कर्ष निकाल्ने उपसभामुख घर्तीले बताइन् ।