जंगली हात्तीले लियो दुईको ज्यान

जंगली हात्तीले लियो दुईको ज्यान


जंगली हात्तीको आक्रमणबाट झापाको विर्तामोड नगरपालिकाका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विर्तामोड नगरपालिका वडा नम्बर–३ का ७० वर्षीय च्याङ्ग्रा राजवंशी र वडा नम्बर–७ का ६५ वर्षीय लसुनी राजवंशी रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

सुन्दर सामुदायिक निचाझोडा बनछेउमा घाँसदाउरा गरिरहेका उनीहरुलाई जंगलबाट निस्किएका हात्तीले आक्रमण गरेको थियो । मृतकको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल गरिएको बताइएको छ ।