वलिउडकी प्रसिद्ध अभिनेत्री श्रीदेवीको निधन

वलिउडकी प्रसिद्ध अभिनेत्री श्रीदेवीको निधन


आफ्नो समयमा निकै प्रशंसा र प्रसिद्धि कमाएकी वलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । एक आफन्तको विवाह समारोहमा सहभागी हुन श्रीमान बोनी कपुर र दुई छोरीहरूसहित दुबई पुगेको बेला शनिबार राती दुबईमै श्रीदेवीको निधन भएको हो । ५४ वर्षीया श्रीदेवीलाई हर्टअट्याक भएको बताइएको छ ।

सन् १९६३ मा जन्मेकी श्रीदेवीले सात वर्षको उमेरदेखि बालकलाकारको रूपमा तमिल फिल्मबाट आफ्नो फिल्मी करिअर शुरु गरेकी थिइन् । खुदा गवाह, मिस्टर इण्डिया, चाँदनीलगायतका हिन्दी फिल्म श्रीदेवीका सुपर हिट फिल्म हुन् भने बलिउडका अलावा उनले निकै संख्यामा तमिल, मलयालम, कन्नड फिल्ममा समेत काम गरेकी थिइन् । उनले हालै प्रदर्शित फिल्म ‘माम’मा पनि शानदार भूमिका निर्वाह गरेकी थिइन् भने बीचमा लामो समय अभिनय जीवनबाट अलग रहेकी श्रीदेवीले इंग्लिस विंग्लिस नामक फिल्मबाट अभिनय जीवनको दोस्रो चरण आरम्भ गरेकी थिइन् ।

अनिल कपुरका दाइ बोनी कपुर श्रीदेवीका श्रीमान हुन् भने जान्हवी र खुशी नामका उनका दुई छोरी छन् ।