ग्लोबल आइएमईका एकैदिन ६ शाखा

ग्लोबल आइएमईका एकैदिन ६ शाखा


ग्लोबल आइएमई बैंकले एकैदिन ६ स्थानमा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका–६, गोरखाबजार, बारा जिल्लाको निजगढ नगरपालिका–९, निजगढ, मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका–१०, विराटचोक, काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका–१०, मनमैजु, काठमाडौ जिल्लाकै बूढानीलकण्ठ नगरपालिका–६, हात्तिगौंडा र डोटी जिल्लाको बोगटान गाउँपालिका वडा नंं. १०, चवारा चौतारामा ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । थप ६ स्थानमा शाखा कार्यालय संचालनमा ल्याएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १२० पुगेको बताइएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुऱ्याउने उद्देश्यले १२० वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७२ शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।