मधुवन नगरपालिकामा अज्ञात समुहबाट बम विष्फोट

मधुवन नगरपालिकामा अज्ञात समुहबाट बम विष्फोट


बर्दिया जिल्लास्थित मधुवन नगरपालिकाको कार्यालय सानोश्रीमा आज साँझ अपरिचित व्यक्तिले बम विष्फोट गराएका छन् ।

मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले नगरपालिका कार्यालय परिसरमा बमसहितको झोला फ्याँकेको केहीबेरमा विस्फोट भएको स्थानीयबासी विकास केसीले जानकारी दिए ।

कार्यालय परिसरमा बम फ्याँकिएको केही मिनेटभित्रै विष्फोट भएको थियो । नगरपालिकाका उपप्रमुखको कार्यकक्षको झ्याल र भित्तामा क्षति पुगेको उनले बताए ।

बम विष्फोटबाट नगरपालिका कार्यालयको झ्याल र भित्तामा क्षति पुगेको प्रहरीले जनाएको छ । राससका अनुसार क्षतिको विवरण आउन बाँकी छ । प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको जनाइएको छ ।