राखेपको लेखासम्बन्धी सफ्टवेयर तालिम

राखेपको लेखासम्बन्धी सफ्टवेयर तालिम


राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को आयोजनामा भएको लेखासम्बन्धी सफ्टवेयर तालिम सम्पन्न भएको छ ।

लेखासम्बन्धी समय सापेक्ष तथा नयाँ प्रविधिलाई प्रयोग गर्दै भरपर्दो रुपमा सहज र सरलरुपले लेखा व्यवस्थापन गर्नु आजको आवश्यकलाई महसुस गर्दै आयोजना गरिएकको थियो । तीनदिने तालिममा पाँच विकास क्षेत्र, केन्द्र, काठमाडौं, ललितपुर र भक्तपुरमा लेखा सम्बन्धि कार्यमा संलग्न ४० कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सहभागीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले प्रमाणपत्र प्रदान गरेका थिए । सो कार्यक्रममा बोल्दै सदस्य सचिव बिष्टले यो पहिलो प्रयास मात्र भएको भन्दै यस तालिमले सम्पूर्णता प्राप्त नहुने भएकोले आगामी दिनमा अझ बढि ज्ञान हासिल गर्न यसले प्रोत्साहन प्रदान गर्ने बताए । विष्टले अँझ बढि ज्ञान प्राप्त गर्न चाहने ब्यक्तिहरुलाई अझै अध्ययन गर्न आफुले सहयोग गर्ने बताए ।

तालिमममा सहभागिहरुले यस तालिमबाट आफुहरुले नयाँ प्रविधिको ज्ञान हासिल गरेको भन्दै आगामी दिनमा लेखासम्बन्धी काममा सहज हुने बताए थिए ।