होली खेल्ने क्रममा अज्ञात ब्यक्तिको छुरी प्रहारबाट एकको मृत्यु

होली खेल्ने क्रममा अज्ञात ब्यक्तिको छुरी प्रहारबाट एकको मृत्यु


कैलालीमा होली खेल्ने क्रममा गएराती एकजनाको मृत्यु भएको छ । गएराती १२ बजे अज्ञात ब्यक्तिले छुरी प्रहार गर्दा टिकापुर–२ बस्ने २२ बर्षिय करण थापाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार छुरी प्रहारबाट घाइते थापाको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बिनोद घिमिरेका अनुसार घटनाको थप अनुसन्धानका लागि ९ जनालाई नियन्त्रणमा लिइएको ।