पतंगीले किन खुवाइन् आफ्नै श्रीमानलाई विष ?

पतंगीले किन खुवाइन् आफ्नै श्रीमानलाई विष ?


बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै श्रीमानलाई विष खुवाएर हत्या गरेकी छिन् । मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने गरेकाले विष खुवाएर हत्या गर्नुपरेको तर्क अभियुक्त पतंगीले प्रहरीसमक्ष गरेकी छिन् ।

बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेला गाउँलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेका श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका ४० वर्षीय कुन्नु गडरियालाई पक्राउ गरेको छ ।

घटना रहस्यमय भएकाले संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए। मृतक कुर्कुटले लामो समयदेखि मादक पदार्थ सेवन गरेर आफूलाई कुटपिट गरी यातना दिएकाले सहन नसकेर श्रीमानको हत्या गरेको पतंगीले प्रहरीसमक्ष स्वीकारेकी छन् ।