मनमोहन सेन्टर एनेक्स भवन शिलान्यास

मनमोहन सेन्टर एनेक्स भवन शिलान्यास


प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको शिलान्यास गरेका छन् । भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताए ।

उनले भने, ‘सरकारका हरेक कदम सुधार र विकासका लागि र जनताका हितका लागि हुनेछन् । हामी कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभूत गर्ने गरी नै समृद्धिका काम गर्नेछौँ ।’ उनले केही वर्षभित्र नेपाललाई अल्पविकसित देशको सूचीबाट विकसित देशमा स्तरोन्नति गरिने दाबी गर्दै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने दोहोर्याए । स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज सञ्चालनमा गुणस्तरीयता आवश्यक रहेको पनि औंल्याए ।

तस्बिर रासस