डाक्टरले खुट्टा भाँचिएको बिरामीको पेटको अप्रेशन गरेपछि…

डाक्टरले खुट्टा भाँचिएको बिरामीको पेटको अप्रेशन गरेपछि…


हेटौंडा ११ स्थित चुरेहिल अस्पतालका एक डाक्टरले खुट्टा भाँचिएको बिरामीको पेटको अप्रेशन गरिदिएको छ । हेटौडा ३ का पुण्यप्रसाद चौलागाईंको दुर्घटनामा परि खुटा भाँचिएपछि अस्पताल पुगेका उनको डाक्टरले पेटको अप्रेशन गरिदिएको हो ।

डाक्टरको मनपरीले चौलागाईको मृत्यु भएको उनका आफन्तहरुले बताएका छन् । उनको मृत्यु भएपछि अहिले चुरेहिल अस्पताल पुरै तनावग्रस्त बनेको छ । अहिले मृतकका आफन्तहरुले अस्पताल अगाडी आन्दोलन गरिरहेका छन् ।

यता, अप्रशेनमा सहभागी डाक्टरहरुले आफुहरुले गरेको अप्रेशन गलत नभएको र बिरामीको पेटमा रगत देखिएकाले अप्रेशन गरेको बताएका छन् । बिरामीले धेरै रक्सी सेवन गर्ने गरेकाले कलेजोमा समस्या देखिएको, जसले गर्दा जति रगत दिदा पनि बिरामी बचाउन नसकिएको अस्पतालले बताएको छ । बिरामीको पेटमा रगत देखिएको छ भनेर जानकारी बिरामीको आफन्तलाई गराएर नै अप्रेशन गरेको तर प्लेटलेट निकै कम भएकाले बचाउन नसकिएको अस्पतालका म्यानेजिङ डाइरेक्टर रविरमण अधिकारीले जानकारी दिए ।

तर मृतकका आफन्तले भने बिरामीको उपचार यहाँ नसकिने भए काठमाडौ लौन्छु भन्दा पनि डाक्टरले जहाँ लगेपनि रगत नै चढाउने हो भन्दै चुरेहिलमा राखेको गुनासो गरेका छन् ।