तपाईंको यो साता (राशिफल, २३-२९ फागुन २०७४)

तपाईंको यो साता (राशिफल, २३-२९ फागुन २०७४)


मेष
मनमा निरासा र शरीरमा आलस्य आउला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । साताको अन्त्यबाट राजनीतिक कार्यमा सफलता मिल्नेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । विज्ञान प्रविधिको सहयोगले व्यवसाय फस्टाउनेछ । यो सप्ताहका लागि शुभअङ्क ५ र शुभरङ रातो वा नीलोे हो । शुभकर्म गर्नुपूर्व बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

वृष
न्यायिक कार्यमा सफलता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । कतै छोटो दूरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउनेछ । रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । यो सप्ताहको लागि शुभअङ्क २ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महालक्ष्मीजीको दर्शन गरी कार्य आरम्भ गर्र्दा अधिक सफलता प्राप्त हुनेछ ।

मिथुन
चिताएको कामले तीव्रता लिनेछ । नसोचेको ठाउँबाट धनागमन हुनेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । रोजगारको अवसर मिल्नेछ । साताको पहिलो दिनबाट अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यवसायमा नोक्सानी व्यहोर्नुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनुहोला । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व महादेवको आराधना गरी कार्य गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट
रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । साताको अन्त्यबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । आँटेकोे र ताकेको कार्य पूरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह
चिताएको कामले तीव्रता लिनेछ । भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनुपर्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धनलाभ हुनेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनुपर्नेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यो साताका लागि शुभअङ्क १ र शुभरङ रातो वा केशरी हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजा–अर्चना गरी गरेको कार्यबाट अधिक लाभ मिल्नेछ ।

कन्या
नयाँ कामको थालनी हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मुद्दामामिलामा सफलता पाइनेछ । वैदेशिक लगानीमा सहकार्य गर्ने अवसर मिल्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभरङ हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व मृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला
सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । कार्य सम्पादनमा समस्या आउनेछ । साताको अन्त्यबाट छोटो दूरीको लाभदायक यात्रा हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ कमको थालनी हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका लागि शुभअङ्क ६, ८ र शुभरङ सेतो वा रातो हो । कुनै शुभकर्म गर्नुअघि नवग्रहकोे आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक
सौन्दर्यमा धन खर्च हुनेछ । प्रेमी÷प्रेमिकाबीच खिन्नता बढ्नेछ । साताको अन्त्यबाट नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुने अवसर मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ नीलो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजाअर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । वैदेशिक लगानीमा सहकार्य गर्ने अवसर मिल्नेछ । आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ पहेँलोे हो । शुभकर्म गर्नुपूर्व महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

मकर
सेयर कारोबारमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यापार–व्यवसायमा पनि लाभ मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ कालो वा पहेँलोे हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कुम्भ
साझेदारीमा गरेको कार्यबाट आर्थिक लाभ मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुुनेछन् । साताको पूर्वाद्र्धमा लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सेयर कारोबारमा पनि रुचि घट्नेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ कालो वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन
आर्थिक कारोबारमा विवाद आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला । शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । साताको अन्त्यमा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ हल्का पहेँलो वा आकासे नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व सूर्य भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।