अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै


आज १ सय ८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस, नेपाल लगायत विश्वभरी विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ ।

नेपालमा पनि हरेक बर्ष विभिन्न कार्यक्रमका आयोजना गरी यो दिवस मनाउने गरिन्छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज ¥याली गोष्ठी तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

सरकारले महिला दिवसको अवसरमा पारी आज सार्वजनिक बिदासमेत दिएको छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना ब्यक्त गरेका छन् ।