चर्चित साहित्यकार कृसु क्षेत्रीको कवितासङ्ग्रह ‘चराको गीत’ प्रकाशित भएको छ । सङ्ग्रहमा आमा, चराको गीत, अमेरिकामा भानु, क्याराभानमा बाँचेको थिन्ले, म कीर्तिपुर नाक माग्दै छु, मृत्युसँग साक्षात्कार, पानी, कवि र जिम्मेवारी बुबाः एक सारथि, आङ साङ सुकीलाई एउटा पत्र, समुद्र र ढुङ्गा, दुबसु क्षेत्री, पहिचान, मेरो इतिहासलगायत गरी ४२ वटा कविता समेटिएका छन् ।
साझा प्रकाशनद्वारा प्रकाशित चराको गीत कृसुको सातौँ कृति हो । यसअघि अर्धमुदित आँखाहरू, बोधिसत्वको मृत्युउत्सव, आगोको मूच्र्छना, रगतको दरबार, म्यान्मामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य र चौध वर्षपछि प्रकाशित छन् । विनय लेखनका प्रवर्तक कृसु बसुन्धरा–मान प्रतिष्ठानका सदस्यसचिव हुन् । परराष्ट्र सेवामा रहेका उनी हाल नेपाली महावाणिज्यदूतावास न्युयोर्कमा वाणिज्यदूतका रूपमा कार्यरत छन् ।
प्रतिक्रिया