बेन्च बहिष्कार गर्ने न्यायाधीशविरुद्ध उत्रिए न्यायक्षेत्रका कर्मचारी

बेन्च बहिष्कार गर्ने न्यायाधीशविरुद्ध उत्रिए न्यायक्षेत्रका कर्मचारी


‘विगत केही समयदेखि विभिन्न पत्रपत्रिकामा आइरहेका न्यायपालिका एवम् न्यायाधीशहरूको सम्बन्धमा श्रृङ्खलाबद्ध समाचार, सर्वोच्च अदालतका नेतृत्व एवम् न्यायाधीशहरू बीच नै विभाजन र गुटबन्दी तथा बेन्च बहिष्कारसम्बन्धी घटनाका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

सर्वोच्चमा कार्यरत कर्मचारी संगठनहरुले यसरी यसरी ध्यानाकर्षण गराएका हुन् । प्रधानन्यायाधीश र न्यायाधीशको विवादका कारण न्यापालिका नै विवादमा पर्न लागेपछि सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको पक्षमा उभिएको छ भने न्यायक्षत्रसम्बद्ध विभिन्न कर्मचारी सङ्गठनहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी बेन्च बहिस्कार गर्ने न्यायाधीशहरुको राजीनामा मागसहित आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

आधिकारिक ट्रेड युनियन सर्वोच्च अदालत विभागीय कार्यसमितिका तर्फबाट अध्यक्ष प्रकाश पराजुली, हरि भट्टराई, उपाध्यक्ष दलबहादुर बजिमय, सचिव एवम् नेराकसका अध्यक्ष हरि भट्टराई, नेपाल निजामति युनियन सङ्घ, सर्वोच्च अदालतका अध्यक्ष प्रभाकर मल्लिक र नेपाल निजामति कर्मचारी सङ्गठन, सर्वोच्च अदालतका अध्यक्ष धनराज पोखरेलद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा न्यायालयको मानमद्र्धन एवम् न्यायपालिकाको जनआस्था खस्कने कार्य रोक्न न्यायालयकै न्यायाधीशहरू एवम् जनशक्तिको पहिलो दायित्व भएको कुरालाई मनन गर्दै पूर्ण बैठक (फुल कोर्ट) बसी समस्याहरू अविलम्ब समाधान गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गरिएको छ ।

हेर्नुहोस संयुक्त विज्ञप्ति–