विश्वासको मत दिने सांसदलाई बालुवाटारमा चियापान

विश्वासको मत दिने सांसदलाई बालुवाटारमा चियापान


आफूलाई विश्वासको मत दिने सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटारमा चियापान गराएका छन् । प्रधानमन्त्री ओलीले संघीय संसद र प्रदेश सभा सांसदका लागि चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

बालुवाटार स्रोतका अनुसार राष्ट्रपति निर्वाचनका लागि सातवटै प्रदेशबाट सांसदहरु काठमाडौं आएको मौका छोपेर प्रधानमन्त्री ओलीले चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

सचिवालयका अनुसार राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलाई आज बिहान साढे ८ बजे नै चियापानका लागि बालुवाटारस्थित निवासमा उपस्थित हुन अनुरोध गरिएको थियो ।