विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । घोराही (दाङ)मा तीन दिन (२७(३०फागुन) चलेको सम्मेलनबाट सो संगठनको अध्यक्षमा चिरञ्जीवी ढकाल सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् ।
अखिल (क्रान्तिकारी) निकट सुत्रले जानकारी दिएअनुसार सम्मेलनले ५९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ भने केन्द्रिय पदाधिकारी चयन गर्ने काम केन्द्रीय कमिटीले नै गर्नेछ ।
अध्यक्षको जिम्मेवारी पाएका ढकाल काठमाडौं जिल्लाको साङ्ला निवासी युवा हुन् । नेकपाको केन्द्रीय अर्थ विभागको जिम्मेवारीमा समेत रहँदै आएका उनी ललितपुर ऊच्च अदालत बार कार्य समिति सदस्यसमेत रहेका बुझिएको छ ।
प्रतिक्रिया