ट्र्याक्टरले किचेर चालकको मृत्यु

ट्र्याक्टरले किचेर चालकको मृत्यु


मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गएराति ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्टिदाँ ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्र्याक्टर घटनास्थलमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।