ब्रिट्नीलाई ब्रा र पेन्टी नै प्यारो

ब्रिट्नीलाई ब्रा र पेन्टी नै प्यारो


असुहाउँदो भद्दा पहिरन लगाएर उपहासको पात्र बनेकी चर्चित पप गायिका ब्रिट्नी स्पेयर्स अब नयाँ पहिरनमा देखिने भएकी छिन् । प्रशंसकहरूको व्यापक दबाबका कारण ब्रिट्नीले यस्तो निर्णय गरेकी हुन् । ब्रिट्नीका प्रशंसकहरूले उनलाई नयाँ रूपमा देख्ने चाहना प्रकट गरेपछि लामो समयको सोचविचारपछि यस्तो निर्णय गर्न बाध्य भएकी हुन् । ब्रिट्नीले आफ्नो सुन्दरतालाई प्रशंसकसामु प्रस्तुत गर्ने क्रममा हालै ब्रा र पेन्टीमा सजिएर फोटो सेसन गरेकी छिन् । निकै उत्तेजित पार्ने उक्त ब्रा र पेन्टीमा ब्रिट्नी पनि सोचेजस्तै सुन्दर देखिएकी छिन् । ब्रिट्नीको यो नयाँ रूप प्रशंसकहरूलाई कस्तो लाग्छ त्यो आफ्नो ठाउँमा भए पनि ब्रिट्नी भने आफ्नो नयाँ रूप देखेर दङ्ग परेकी छिन् । ब्रिट्नीले आफूले प्रशंसकहरूको चाहनाअनुरूप नै एउटा फेसन कम्पनीका लागि नयाँ रूपमा प्रस्तुत भएको बताएकी छिन् । ब्रिट्नीले आफ्नो चाहना प्रशंसकहरूलाई खुसी पार्ने रहेको बताउँदै आफ्नो नयाँ रूप देखेर प्रशंसक पनि मख्ख पर्ने उनले दाबी गरेकी छिन् । हेरौँ प्रशंसकको चाहनामा अब ब्रिट्नी कति खरो उत्रिन्छिन् ।

सेक्सभन्दा चुम्बन र आलिङ्गन उचित
बेलायतमा केही समयअघि गरिएको एक सर्वेक्षणमा सेक्सभन्दा चुम्बन र आलिङ्गनलाई उचित मानिएको छ । लगभग साठी प्रतिशत व्यक्तिमा गरिएको उक्त सर्वेक्षणले सेक्सलाई भन्दा चुम्बन र आलिङ्गनलाई प्राथमिकता दिएको जनाएको छ । प्रायजसो व्यक्तिहरूले सेक्सको पालो अन्तिममा मात्र आउने प्रतिक्रिया दिएका थिए । सर्वेक्षणको हिस्सा बनेका व्यक्तिहरूले एक-आपसमा सुमधुर सम्बन्ध स्थापित गर्न सर्वप्रथम महिला र पुरुषहरूले प्रतिबद्धता, सहचार्य र ख्यालठट्टामा समय बिताउनुपर्ने बताएका छन् । यी माथि उल्लेखित कुराहरूको पालना गरेपछि मात्रै सेक्सको आनन्द आउने सर्वेक्षणले दाबी गरेको छ ।
पुरुषले महिलालाई सयनकक्षमा नभई सोफामा चुम्बन गर्न मन पराउने पनि सर्वेक्षणमा उल्लेख छ । यसरी चुम्बन र आलिङ्गन गर्दा महिला र पुरुषको सम्बन्ध प्रगाढ हुने बताइएको छ । वर्तमान अवस्थामा टि्वटर र फेसबुकका कारणले गर्दा आपसी सम्बन्धमा दरार आएको बताउँदै यसबाट छुटकारा पाउन आपसी सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने विशेषज्ञ क्रिस्टिन वेबरले जोड दिएका छन् । घनिष्ट सम्बन्धबिना आपसी सम्बन्ध खतरामा पर्ने भएकोले आफ्नो सम्बन्धलाई बलियो पार्न माथि उल्लेखित कुरामा जोड दिनुपर्ने सर्वेक्षणले बताएको छ ।-नवीन उप्रेती