आदिवासी जनजाती महासंघको अध्यक्षमा श्रीनारायण

आदिवासी जनजाती महासंघको अध्यक्षमा श्रीनारायण


हेमशंकर सिंह

राजविराज । नेपाल आदिवासी जनजाती महासंघ नगर समवन्य परिषद शम्भुनाथको अध्यक्षमा श्रीनारायण चौधरीलाई सर्र्वसम्मत चयन गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ नगर समवन्य परिषद शम्भुनाथको सोमबार सम्पन्न प्रथम अधिवेशनले चौधरीको नेतृत्वमा २१ सदस्य नगर कार्य समिति गठन गरेको छ ।

गठित समितिको उपाध्यक्षमा धर्मेन्द्र मण्डल, बिन्देश्वरप्रसाद सिंह दनुवार, महिला उपाध्यक्षमा कमला श्रेष्ठ, सचिबमा सरोज चौधरी, सह सचिवमा मित्रबहादुर राई, बलबहादुर भुजेल, महिला सहसचिवमा मिना तामाङ र कोषाध्यक्षमा सीता आले रहेका छन् ।

समितिको सदस्यहरुमा अरुणादेवी चौधरी, सर्मिला चौधरी, वीरबहादुर मगर, लालबहादुर गोले, गोपाल चौधरी, मुन्नादेवी चौधरी, गिरजा चौधरी, गन्सु चौधरी, रुपनारायण चौधरी, दुःखहरण चौधरी, हरिहर मण्डल र अमितलाल चौधरी निर्विरोध चयन भएको निर्वाचन मण्डलका संयोजक यूगुतलाल चौधरीले जानकारी दिनुभयो ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले सोमबारै सपथ ग्रहण गराएको निर्वाचन अधिकृत संसारी देवी चौधरीले जानकारी दिनुभयो ।