मन्थलीमा ग्लोबल आइएमई

मन्थलीमा ग्लोबल आइएमई


वित्तीय साक्षरता जगाउने उद्देश्यले ग्लोबल आइएमई बैंक लि.ले रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारको सहिद स्मृति बहुमूखी क्याम्पसमा ‘वित्तीय साक्षरता कार्यक्रम’ संचालन गरेको छ ।

उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका ‘तालिम तथा बैंकिङ विज्ञ’ पुर्णमान नापितले मन्थली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैरसरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीयवासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी गराउनुभएको थियो ।

उक्त कार्यक्रममा १५० जना भन्दा बढीको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरुले ग्लोबल आइएमई बैंक लि.ले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तीय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंकप्रति आभार व्यक्त गरेका थिए । साथै उनिहरुले ग्लोबल आइएमई बैंक लि.ले प्रदान गर्ने विभिन्न सेवाहरुको बारेमा प्रश्न गरेका थिए ।