कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध

कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध


भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ ।

शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिइन् ।

सोअनुसार बिहान १० देखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।