जलाशयमा मनाइने छठ पर्व सम्पन्न

जलाशयमा मनाइने छठ पर्व सम्पन्न


– प्रणय साह

पर्सा । सूर्यको उपासना गरी मनाइने चैती छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घे दिएपछि सम्पन्न भएको छ । खोला र विभिन्न पोखरी तथा नदी किनारमा रही उदाउँदो सूर्यलाई अर्घे दिई श्रद्धा एवं भक्तिपूर्वक छठ सम्पन्न गरिएको हो ।

जलाशयमा मनाइने यो पर्वमा ब्रतालुहरूले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घे अर्पण गरिन्छ । छठ पर्वको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घे अर्पण गरेका थिए ।

चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएका हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा ब्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

ब्रतविधि

चैत शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति ब्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

“षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ”– उनले भने । चैती शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घे दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । चैती छठ पर्वका लागि तराईमा आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको सरोवरहरु घडिअडवा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाटसहितको पोखरीलगायत नदी किनारमा सजावट गरिएको छ ।