आफ्नै बाबुलाई छोराद्धारा खुकुरी प्रहार

आफ्नै बाबुलाई छोराद्धारा खुकुरी प्रहार


ओखलढुगांमा छोराले बाबुलाई खुकुरी प्रहार गरेको छ । शुक्रबार सिजिदेम्बा गाउँपालिका–४ मा घरायसी विवाद हुँदा २४ वर्षीया छोरा जिवनकुमार सुनुवारले ५६ वर्षीया आफ्नै बाबु गोमानसिङ सुनुवार लाई खुकुरी प्रहार गरेको हो ।

छोराको खुकुरी प्रहारबाट बाबु गम्भीर घाइते भएका छन् । गोमानसिङको घाटी, टाउको र हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घाइतेलाई अचेत अवस्थामा शुक्रवारै हेलीकप्टरबाट काठमाडौँको शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय खिजिदेम्बाका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिनुभयो । खुकुरी हान्ने छोरा जिबनकुमार सुनुवारलाई शुक्रवारै इलाका प्रहरी कार्यालय खिजिदेम्बाले पक्राउ गरेको छ ।