‘बिर्सिएको मृत्यु’माथि अन्तरक्रिया

‘बिर्सिएको मृत्यु’माथि अन्तरक्रिया


भूकम्पपछि सिन्धुपाल्चोकमा देखिएको कथाबस्तुलाई मूल विषय बनाएर लेखिएको उपन्यास बिर्सिएको मृत्युका लेखिका प्रगति राईसँग पाठकहरुले अन्तरक्रिया गरेका छन् । मूल कथाकस्तु समेटिएको सिन्धुपाल्चोकको पाठकहरुसँग शनिबार सदरमुकाम चौतारामा अन्तरक्रिया गरिएको हो ।

किताबमाथि बोल्दै जिल्लाका अग्रज साहित्कार अमित घिमिरेले भूकम्पपछि सिन्धुपाल्चोकको दर्दनाक परिस्थितिको दृष्य उपन्यासमा कोरिएको बताए । ‘भूकम्पपछि सिन्धुपाल्चोकका नागरिहरुको जीवन तहसनहस बन्न पुग्यो’, उनले भने– ‘त्यस बेलाको घटनालाई एउटा पात्रको माध्यमबाट उतार्न सफल पुस्तकको रुपमा यो कृति देखिएको छ ।’

अन्तरक्रियामा साहित्यकार किशमा किशोरले भूकम्पपछि एक्लो बन्न पुगेको एउटा युवालाई बाँच्न प्रेरित गरेको परिवेश मर्मस्पर्शी रहेको बताए । ‘भूकम्पपछिको पीडाले एक्लो बन्न पुगेको पात्रलाई जसरी जोगाउने र संघर्ष गर्न सिकाउने कथा छ त्यो निक्कै मर्मस्पर्शी छ ।’

कार्यक्रममा पत्रकार एवम् साहित्यकार सुरेश कसजू, गायक सागर परियार, मुलबाटो प्रतिष्ठानको कोषाध्यक्ष सुनिला राईलगायतले पुस्तकको चर्चा गरेका थिए ।

पुस्तकमाथि उठेको प्रश्नलाई सम्बोधन गर्दै लेखिका राईले आपूmले सिन्धुपाल्चोक घुम्न आएको बेला एउटै परिवारमा सात सदस्य गुमाएको युवा भेटेपछि पुस्तक लेख्ने जमर्को गरेको बताइन् । ‘म भूकम्प पीडितसँग कुराकानी गर्न गएकी थिएँ, ती युवालाई देखेपछि उनको संघर्षलाई पुस्तकको रुपमा ल्याउने जमर्को गरेको हुँ ।’ साहित्यमा मोफसल र केन्द्र भनेर छुट्याउने प्रथाको विरोधमा पनि पुस्तक रहेको उनले दावी गरिन् । अन्र्तक्रिया कार्यक्रमको सहजीकरण साहित्यकार एवम् पत्रकार सुन्दर शिरीषले गरेका थिए ।