नयाँ बसपार्कका प्रहरी प्रमुख पौडेल सम्मानित

नयाँ बसपार्कका प्रहरी प्रमुख पौडेल सम्मानित


महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रताप पौडेल सम्मानित भएका छन् ।
चक्रपथ सफाई अभियानमा विशेष योगदान पु¥याएको भन्दै शनिबार ग्रिनसिटी अस्पतालले पौडेललाई सम्मान गरेको हो ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र पूर्व गृहमन्त्री एवम् वर्तमान वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रहरी प्रमुख पौडेललाई सम्मान गरेका हुन् ।

पौडेलले चार महिनादेखि नयाँ बसपार्क प्रभागको जिम्मेवारी सम्हालेका थिए । उनले अपराधमुक्त बसपार्क निर्माण गर्न बसपार्क क्षेत्र वरपर रहेका फुटपाथ हटाउने, घरेलु मदिरा बरामद तथा नष्ट, जथाभावी पार्किङ हटाउने, रातीसम्म चल्ने होटल तथा रेष्टुरेन्टलाई बन्द गर्नेलगायतका कामहरु गर्दै आएका छन् ।