आदिवासी/जनजातिको गाउँपालिकास्तरीय भेला सम्पन्न

आदिवासी/जनजातिको गाउँपालिकास्तरीय भेला सम्पन्न


राजविराज । नेपाल आदिवासी जनजाति महासंघ रुपनी गाउँपालिकास्तरीय भेला सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा एक समारोहको बीच शनिबार गाउँपालिकास्तरीय प्रथम भेला सम्पन्न भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको संयोजनमा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सबै जात, धर्म, संस्कार संस्कृतिको विकासले मात्र रुपनी गाउँपालिकाको विकास र समृद्धिमा टेवा पुग्ने बताए ।

उनले अरुलाई दोष लगाउनुभन्दा पहिले आफुले कर्तब्य बोध गनुपर्नेमा जोड दिँदै राम्रो काम गर्नेलाई गाउँपालिकाले प्रोत्साहित गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

आदिवासी जनजातीलगायतका उत्पीडित समुदायको उत्थानका लागि उनीहरुको आवश्यकता र समस्यालाई गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम बनाई लक्षित समुदायको विकास गर्ने उनले बताए । रुपनी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोविन्द सिंह थापाले आदिवासी जनजातिको उत्थानका लागि आफू सधै तत्पर रहेको बताए ।

भेलामा नेपाल आदिबासी जनजाती महासंघ सप्तरीका संस्थापक उपाध्यक्ष खड्गबहादुर तामाङ, कोषाध्यक्ष बिष्णु थापा मगर, थारु कल्याणकारिणी सभा सप्तरीका निमित्त अध्यक्ष दिलकुमारी चौधरी, नेपाल मगर संघ सप्तरीका सचिव पुरुषोतम बलाम्पाकी मगर, साविक तेरहौता गाविसका अध्यक्ष दिपककुमार चौधरी लगायतकाले शुभकामाना मनतब्य ब्यक्त गरे ।

यसैगरी नेपाल आदिबासी जनजाति महासंघ राजविराजका अध्यक्ष अनारकुमारी चौधरी, शम्भुनाथ नगरपालिकाका अध्यक्ष श्रीनारायण चौधरी, खडक नगरपालिकाका अध्यक्ष राजेन्द्रप्रसाद चौधरी, अग्नीसाइर कृष्णा सवरन गाउँपालिका अध्यक्ष कल्पना चौधरी, नेपाल तामाङ घेदुङ रुपनी गाउँपालिकाका अध्यक्ष लालबहादुर तामाङ, रामदेव मण्डल धानुक लगायतकाले समेत मन्तब्य ब्यक्त गरे । नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सुर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वगत भुपेन्द्र सिंह घले मगरले गरे ।

भेलाले भुपेन्द्र सिंह घले मगरको अध्यक्षतामा १९ सदस्य नेपाल आदिवासी जनजाती महासंघ रुपनी गाउँपालिका गठन गरेको छ । गठित समितिको महिला उपाध्यक्षमा रितियादेवी मण्डल, उपाध्यक्षहरुमा गंगा श्रेष्ठ, मीना मोक्तान तामाङ, सचिवमा ताराकान्त चौधरी, महिला सहसचिवमा निर्मला राना मगर, सहसचिवहरुमा रामबहादुर गोले, प्रभा कुमारी चौधरी र कोषध्यक्षमा उर्मिला राई निर्विरोध चयन भएका छन् ।

यस्तै समितिका सदस्यहरुमा रामदेव मण्डल र चन्द्रनारायण चौधरी चयन भएका छन् भने अन्य सदस्यरुलाई भुगोल र जातीय आधारमा मनोनित गर्ने नवगठित समितिका अध्यक्ष मगरले जानकारी दिए ।