नानुमाताले किन बगाइन् आँसुको बलिन्द्र धारा ?

नानुमाताले किन बगाइन् आँसुको बलिन्द्र धारा ?


प्रसिद्ध टिका भैरव मन्दिर नजिक सतीदेवीको ललाट झरेको स्थान खरेडोल, नल्लुमा ७ वर्षअघि उत्पन्न भएकी श्री शक्ति स्वरुपा पाँचकन्या गड्यौली माईमा विशेष संकल्प पूजा र धार्मिक यात्रा सम्पन्न भएको छ । धुलो, हिलो र अप्ठ्यारा बाटोका बावजुद कुशलतापूर्वक बसचालक श्यामकुमार थापाले बसलाई गन्तब्य स्थलसम्म पु¥याएका थिए ।

श्री शक्ति स्वरुपा पाँचकन्या गड्यौली माई प्रतिष्ठा समिति खरेडोल, नल्लु–२, ललितपुर र ‘राष्ट्र, राष्ट्रिय एकता, धर्म संस्कृति, प्रजातन्त्र, मानव अधिकार र राजसंस्थाको पुनःस्थापनाको मूल लक्ष्यको लागि सशक्त रही कृयाशील रहेने छांै’ भन्ने उदेश्य राखी गठन भएको जनस्तरबाट गठित नागरिक मूल समारोह समितिले व्यापक गृहकार्य गरी श्री शक्ति स्वरुपा पाँचकन्या गड्यौली माईमा एक समारोहका बिच मूर्ति प्रतिष्ठापन गर्ने भएको छ ।

नानुमाताले बलिन्द्र आँसुको धारा बगाउँदै ‘नारायणहिटी राजदरबारमा जनप्रिय राजा वीरेन्द्रको वंशनाश भएपछि नेपाल र नेपाली जनतालाई राम्रो भएको छैन, लक्षिण हराएको छ, राम्रो परिणाम केही पनि आएको छैन, त्यसैले राष्ट्र कल्याणको लागि टुडिखेलको चारै सुरको बिचमा क्षमा पुजा साथै होम आदि कार्यक्रम गर्नुपर्दछ’ भन्नुभयो ।

स्वतन्त्र राष्ट्र नेपालको अखण्डता कायमै रहोस् भनी विशेष संकल्प पुजा गर्नुअघि सिद्धि प्राप्तिको लागि स्वस्फूर्त रुपमा उत्पत्ति भएको गणेश भगवानमा पुजा गर्दै समारोह समितिका अध्यक्ष उमा श्रेष्ठ ‘हिमा’ले धार्मिक कार्यक्रमको औचित्य बारे प्रकाश पार्नुभएको थियो ।

भजन गायिका एवं समारोह समितिका कोषाध्यक्ष सुवर्ण सुवेदी, विनिता राणा, लक्ष्मी भट्ट, शोभा खत्री, सुनिता श्रेष्ठ, हिरामणी श्रेष्ठ, राममाया श्रेष्ठ, रञ्जु अधिकारी, सरिता सिंह, मनिषा श्रेष्ठ, स्मिता गौतम, पूजा मल्ल आदिबाट नाचगान समेत गरिएको सो कार्यक्रममा छोटो समयमा सम्पर्कमा आएका ‘केही गरौं’ भन्ने सामाजिक संस्थाका नविन लिङ्खा र प्रतिमा राजथला आदिको सहभागिता थियो ।

समारोह समितिका सह–अध्यक्ष नानीश्वरी महर्जन उपाध्यक्षत्रय लता वैद्य, विष्णु सिंह डंगोल, वरिष्ठ सल्लाहकारद्वय ई. दामोदरलाल श्रेष्ठ, पूर्व प्रजिअ मोहन प्रसाद आचार्य, ललितपुर जिल्ला सचिव चन्द्र बहादुर महर्जन, समाजसेवी श्रीराम महर्जन, प्रविण श्रेष्ठ आदिको सहभागिता थियो ।

पूर्वीय दर्शनका ज्ञाता, धर्म संस्कृति क्षेत्रका अनुसन्धानधाता एवं खोजकर्ता, संस्कृतिवीद एवं समारोह समितिका वरिष्ठ सल्लाहकार महेश्वर जुजु राजोपाध्यायले पूजा विधिवाट पूजा विधि र पूजा सामाग्रीको सूची बमोजिम उक्त संकल्प पूजा गरिएको थियो ।