सुरक्षा सम्बन्धी जानकारी गराउन मनाङमा नागरिक सुनवाई

सुरक्षा सम्बन्धी जानकारी गराउन मनाङमा नागरिक सुनवाई


मनाङको नाशोङ गाउँपालिकाको शान्ति सुरक्षासम्बन्धी जानकारी आदनप्रदान गराउनका लागि जिल्ला प्रहरी कार्यालय मनाङले नागरिक सुनवाई कार्यक्रमको आयोजना गरेको छ । प्रहरीले जिल्लाको नाशोङ गाउँपालिकामा सो कार्यक्रमको आयोजना गरेको हो ।

मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी जयराम भण्डारीको प्रमुख आतित्थ्यतामा भएको नागरिक सुनुवाई कार्यक्रममा गाउँपालिकाभित्र भएका शान्ति सुरक्षाको अवस्था, सामाजिक विसंगती र अन्य विविध विषयमा छलफल भएको थियो ।

नागरिक सुनुवाईमा बिशेष अतिथी समेत रहेका नाशोङ गाउँपालिका अध्यक्ष चन्द्र बहादुर घलेले सबैको साथ र सहयोगले गाउँपालिकालाई शान्त र सुन्दर बनाउन सकिनेमा जोड दिए । समाजमा आतंक मच्चाउने र शान्ति सुरक्षामा आँच आउने कार्य कसैले पनि नगर्न अध्यक्ष घलेको सबैलाई आग्रह छ ।

सो अवसरमा स्थानियहरुले गाउँपालिकाभित्रका सुरक्षा सम्बन्धी बिषयमा धारणा राखेका थिए । धारापानी प्राविकी प्रधानाध्यापक रत्ना गुरुङले चेलीबेटी बेचबिखन तथा ओसारपोसार बिरुद्ध सबै महिलाहरु सचेत हुनुपर्ने र हराएका चेलीबेटीहरुको खोजतलासमा प्रहरीबाट तदारुक्ताका साथ लागि पर्नुपर्नेमा जोड दिइन् । यस्र्तै, प्रकाश मावि थोचेका प्रधानाध्यापक पदमराज पन्थीले ‘प्रहरी मेरो साथी’ भन्ने कार्यक्रम स्कुलहरुमा पुनः संचालन गर्नुपर्नेमा जोड दिए ।

यस्तै, स्थानियहरुको जिज्ञासा मेटाउँदै जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरिक्षक श्यामकृष्ण अधिकारीले समाजमा भएका विसंगति र बेथितिलाई हटाउन प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।