बेरोजगार अन्त्य गर्न ‘एक गाउँ एक प्राविधिक शिक्षा’

बेरोजगार अन्त्य गर्न ‘एक गाउँ एक प्राविधिक शिक्षा’


प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्राविधिक शिक्षाले बेरोजगरी समस्या समाधान गर्न सक्ने बताउँदै ग्रामीण क्षेत्रका प्राविधिक शिक्षालाई प्राथमिकता दिने बताएका छन् । उनले नीति तथा कार्यक्रममा एक गाउँ एक प्राविधिक शिक्षालय समेटेर गाउँ–गाउँमा प्राविधिक शिक्षा पुऱ्याउने उनको भनाई थियो ।

गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाट ओकेङ–मल्लेङ–गब्दे मोटरबाटो उदघाटन गर्दै मन्त्री बरालले प्रदेश सरकार जनताको पहुँचमा पुऱ्याउने काम गर्न लागेको बताए ।

मन्त्री बरालले आइतबार नै गुल्मी कालिगण्डकी गाउँपालिकामा आयोजित औपचारिक अनौपचारिक कार्यक्रममा सहभागी भए । सो अवसरमा उनले संस्कृति संरक्षणमा युवाहरूको प्रयास पसंशनीय भएको बताए । त्यसैगरी कालिगण्डकी गाउँपालिकाको विकासको सन्दर्भमा गाउँपालिकामा भएको अन्तरक्रियामा पनि भाग लिएका थिए ।
– चन्द्रकान्त खनाल