‘विदेश भासिनु बाध्यता हो’— अभिनेता सरोज खनाल

‘विदेश भासिनु बाध्यता हो’— अभिनेता सरोज खनाल


एक समयका नेपाली चलचित्र क्षेत्रका कुशल अभिनेता सरोज खनाल अहिले अमेरिकामा छन् । लामो समय भइसक्यो उनी अमेरिकामा बसेको । त्यता बसे तापनि नेपाली कलाकािरता र चलचित्र क्षेत्रतर्फ उनको रुचि भने घटेको छैन । यसै साता केही समयका लागि नेपाल आउने तयारीमा रहेका खनालसँग इमेलमा गरिएको कुराकानी ।
० यसपटकको नेपाल आगमन केका लागि ?
– पारिवारिक भेटघाट पनि छ ।
० कुनै चलचित्रसम्बन्धी काम त होइन ?
– अहिले त्यस्तो छैन । तै पनि केही समयपछि चलचित्र निर्माण गर्ने सोच भने बनाएको छु ।
० कसरी आयो नि यो सोच ?
– जहाँ बसे पनि आफ्नो क्षेत्र बिर्सन सकिँदैन रहेछ ।
० नेपाली कलाकारितासम्बन्धी केही गर्नुभयो अमेरिकामा ?
– समय–समयमा कार्यक्रमहरू गर्ने गरेको छु । दशैँमा मात्र नेपालबाट महानायक राजेश हमाललाई निमन्त्रणा गरेर एउटा भव्य नेपाली कार्यक्रम गरियो ।
० को–को थिए त्यसमा ?
– नेपालबाट राजेशजी अनि अमेरिकामा रहनुभएका गौरी मल्ल, सारङ्गा श्रेष्ठ र मेरो सहभागिता थियो ।
० कस्तो रह्यो कार्यक्रम ?
– छरिएर रहेका कलाकार एकै थलोमा भेट हुँदा नेपालमा नै कार्यक्रम गरेकोजस्तो आभाष भयो । व्यावसायिक कार्यक्रमभन्दा पनि भावनात्मक सम्बन्धको रूप लियो त्यो कार्यक्रमले ।
० अहिले त नेपालमा भन्दा पनि अमेरिकामा नेपाली कलाकार धेरै छन् भन्छन् नि ?
– त्यसो होइन । हामी पुराना कलाकार उता छौँ तर नयाँ कलाकारहरूको उपस्थिति र सफलता नेपालमा रामै्र छ नि यतिबेला ।
० तपाईं त्यतिबेला केका लागि अमेरिका छिर्नुभयो ?
– त्यतिबेला दामकै लागि छिरियो । अहिलेजस्तो नेपाली चलचित्र क्षेत्र व्यावसायिक पनि बनिसकेको थिएन नि त्यतिबेला ।
० भनेपछि त्यतिबेला अहिलेजस्तो भएको भए तपाईं अमेरिका पलायन हुनुहुन्नथ्यो होला, होइन ?
– म मात्र होइन । धेरै कलाकार पलायन हुँदैनथे होला । तर, त्यतिबेलाको अवस्था त्यस्तै थियो ।
० तपाईंले निकै लामो समयपछि अभिनय गरेको चलचित्र ‘मानव’ पनि अब रिलिज हुँदै छ नि होइन र ?
– हो, अघिल्लोपटक नेपाल आउँदा मैले ‘मानव’ चलचित्रमा काम गरेको थिएँ । अब केही महिनामा रिलिज हुँदै छ ।

‘फाइदा उठाउनेहरूलाई देखाउनु छ’
अन्तत: रियाले भनेजस्तै भएको छ यतिबेला । थुप्रै सिनेमाबाट उनलाई फिल्मका लागि अफर नआएको होइन । ‘आउन त आयो तर पुङ न पुच्छरको भूमिका आउँथ्यो । अनुहार मात्र देखाउन किन फिल्म खेल्ने ?’ त्यसो भन्दै आफ्नो अडानमा अडिग रहेकी रियाले लामो समयको पर्खाइपछि हाल छायाङ्कन भइरहेको चलचित्र ‘जञ्जिर’मा गजवको भूमिका पाएकी छिन् ।
शोभित बस्नेतको निर्देशन अनि करण श्रेष्ठको निर्माण रहेको चलचित्र ‘जञ्जिर’को छायाङ्कनको क्रममा रियाले भनिन्, ‘फिल्म खेलाइदिने बहानामा गलत उद्देश्य बोकेर मलाई अफर गर्नेहरूलाई अब म देखाउनेछु ।’ ‘जञ्जिरको रिलिजपछि रिया साँच्चिकै क्षमतावान कलाकार रहिछे भन्ने कुरा सबैले थाहा पाउँछन्,’ उनले झोक्किँदैन भनिन् ।
आफू अलि आधुनिक विचारधाराको र डे«सअप पनि त्यस्तै गर्ने गरेका कारण डे«सलाई हेरेर आफूप्रति धारणा बनाउनेहरूदेखि रिया निकै रुष्ट छिन् । सिनेमा खेल्ने आशामा गलत रूपले प्रस्तुत हुने केही युवतीको व्यवहारका कारणले नेपाली सिनेमामा लागेका र लाग्न खोजेकाहरूलाई केही चलचित्रकर्मीले गलत सोचले हेर्ने गरेको कुरा रियाले बुझेकी रहिछिन् । ‘आफूलाई नेपालको रामै्र निर्देशक भन्न रुचाउनेको व्यवहारबाट पनि मेरो मन दुखेको छ । त्यस्तालाई देखाउन पनि चलचित्र जञ्जिर मेरा लागि भरपर्दो चलचित्र बन्नेछ,’ उनले भनिन् ।
व्यावसायिक सोचभन्दा पनि फिल्म बनाउन पाइयो भने केटी घुमाउन पाइन्छ भन्नेहरूको भीड बढेकोले चलचित्र क्षेत्रमा राम्रा व्यक्तिहरूको प्रवेश कम हुन थालेको अनुभव उनको छ । ‘यस्ता फटाहाहरूलाई नङ्ग्याउनुपर्छ,’ उनी भन्छिन् ।

कथावाचन तथा पठनसंस्कारबारे अन्तरक्रिया
‘जहाँ बालबालिका त्यहाँ कथा, जहाँ कथा त्यहाँ कथावाचक समाज’ नारा लिई स्थापना भएको संस्था कथावाचक समाजले गत शुक्रबार काठमाडौंमा कथावाचन तथा कथापठन संस्कारबारे एकदिने अन्तरक्रिया सम्पन्न गरेको छ ।
कार्यक्रमको सुरु कथावाचनबाट नै गर्ने परम्परा बनाएको कथावाचक समाजले युवा बालसाहित्यकार तथा कथावाचक यशु श्रेष्ठको कथावाचनबाट कार्यक्रमा सुरु भएको थियो । कथावाचन हुँदै गर्दा दुई चित्रकार भीष्म केसी तथा सुमन महर्जनले कथासँग सम्बद्ध चित्र कोरेका थिए । कार्यक्रममा कथावाचनका विभिन्न स्वरूपबारे विभिन्न विज्ञहरूबाट मन्तव्य प्रस्तुत गरिएका थिए । समाजका अध्यक्ष डा. धु्रव घिमिरेले नेपालमा कथावाचनको परम्परा तथा आवश्यकताबारे बताएका थिए भने बालसाहित्यकार श्री विनय कसजूबाट विदेशमा हुने गरेका कथावाचनका केही स्वरूपको भिडियो प्रदर्शन गरिएको थियो ।
त्यस्तै अर्का वरिष्ठ लेखक श्री भिक्टर प्रधानबाट नेपाल प्रचलित लोक तथा धार्मिक कथावाचनबारे बताउनुका साथै कथावाचन बालबालिकाका लागि मात्रै नभई सबै उमेर–समूहका व्यक्तिलाई आवश्यक भएको बताएका थिए । कार्यक्रमको प्रमुख आकर्षण डेनमार्कबाट आएका दुई लेखक स्याली अल्सुलर तथा पिटर फोगटेलले आफ्ना नवप्रकाशित पुस्तकका अंश प्रस्तुत गरेका थिए । स्यालीले ‘द नोहज् शिप’ तथा पिटरले ‘द जार्स् ड्वार्भस्’बाट केही पृष्ठ वाचन गरेका थिए ।
कार्यक्रममा नेपालका प्रमुख बालसाहित्यकारहरूको बाक्लो उपस्थिति थियो । अन्तरक्रियाका क्रममा बालसाहित्यकारहरू तेजप्रकाश श्रेष्ठ, के.के. कर्माचार्य, रामबहादुर पहाडी, गंगा पौडेल, प्रमोद प्रधान, अमरकुमार प्रधान, ललिता दोषी, शाश्वत पराजुली, सौरभकिरण श्रेष्ठ, पवनसिं कार्की, राजेन्द्रभक्त जोशी, जनार्दन बराल, राजुराज स्वयम्, कृष्ण शाह यात्री, डब्बु क्षेत्री, लोकेश निरौलाले आफ्ना विचार प्रकट गरेका थिए । नेपालका प्रसिद्ध बालसाहित्यकार तथा कथावाचक वासुदेव मुनाल तथा कुवेर गर्तौलाले रेडियोमा गरिएका आफ्ना कथावाचनका अनुभव सुनाएका थिए । यस अन्तरक्रियाको आर्थिक सहयोग डेनिस सेन्टर फर कल्चर एन्ड डेभलेपमेन्ट (डीसीसीडी) प्राप्त भएको जानकारी समाजका महासचिव कृष्णदीप सिग्देलले बताए ।
कथावाचक समाज कथाका माध्यमबाट बालसाहित्यको सम्बद्र्धन तथा बालबालिकालाई सिर्जनशील बनाउने उद्देश्यसहित दुई वर्षअघि स्थापना भई हालसम्म कार्यरत रहेको छ । समाजले हालसम्म विभिन्न स्थलमा कथावाचन तथा बालसाहित्यका विभिन्न पुस्तकको प्रकाशन तथा संयोजन गरिसकेको छ । गत शुक्रबार सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमको समापन महासचिव सिग्देलको कथावाचनसँगै गरिएको थियो ।

पत्रकार कुसुम ‘घाइते’
पत्रकार कुसुम भट्टराई घाइते भएका छन् । तर, उनी कुनै सवारी दुर्घटनामा घाइते भएको नभई सङ्गीतमा सख्त घाइते भएका हुन् । अर्थात्, कुसुमको शब्द, सङ्गीत र स्वर रहेको साङ्गीतिक कोसेली ‘घाइते’ बजारमा आएको छ । यो उनको दोस्रो एल्बम हो ।
पत्रकारितासँगै ०५६ सालदेखि गायनमा लागेका कुसुमले सुरुमा पपगीतमा तहल्का मच्चाएका थिए । नेपालमा पहिलोपटक उडिरहेको हवाईजहाजमा आफ्नो पहिलो एल्बम ‘द लास्ट लभलेटर’ विमोचन गरेर कुसुम चर्चामा आएका थिए । उनको सोही एल्बमको गीत ‘तिमी आइदेऊ’ सोही सालको हिट्स एफएम म्युजिक अवार्डस्मा उत्कृष्ट नवप्रतिभामा मनोनीत भएको थियो ।
आफनो दोस्रो एल्बमको विमोचन भने उनले आफ्नै पत्नी पार्वती भट्टराई पौडेलको हातबाट गराए । बडादशैँको अवसरमा नारीशक्तिको पूजा हुने अवसर पारेर नारीकै हातबाट एल्बम विमोचन गरेको कुसुम बताउँछन् ।
केही समय पपगायनमा भिडेका कुसुमले दुई वर्षयता शास्त्रीय सङ्गीतको ज्ञान लिएपछि सुगम सङ्गीततिर हात हालेका हुन् । गौशालामा गुरु विष्णु श्रेष्ठसँग सङ्गीत प्रशिक्षण लिइरहेका कुसुमले हालै मात्र आधुनिक गीतहरूको सङ्गालो ‘घाइते’ बजारमा ल्याएका हुन् । यसमा रहेको ‘घाइते बनायौ मलाई’ बोलको गीत चर्चामा छ ।
एसियन म्युजिकले बजारमा ल्याएको घाइते एल्बममा सुफी शैलीका गीत पनि छन् । कुनै पुरानै पपशैलीमा पनि छन् । अहिले सङ्गीत सिर्जनामा भिडेका कुसुमकै शब्द र सङ्गीतमा चलचित्र ‘पागलबस्ती’को गीत ‘काल घुम्यो शिरैमा’ पनि तयार भएको छ । सङ्गीतलाई शोखका रूपमा लिए पनि अब व्यावसायिक रूपमै अघि बढने सुर कुसुमले देखाएका छन् ।

पचास हजारमै नाङ्गिएपछि पुजना तनावमा
‘जय सङ्गत’ भन्दै आफूलाई शाकाहारी अनि धार्मिक नारीको रूपमा परिचित गराउँदा निकै गौरव मान्ने पूजा प्रधान, पुजना प्रधान, पूजा गुरुङ वा पुजना स्त्री जे भने पनि तिनै पुजना स्त्री शाकाहारी त होलिन् तर आफू मासु नखाए तापनि आफ्नो शरीरका संवेदनशील अङ्गहरू क्यामेरामा देखाउन भने निकै खप्पिस मानिन्छिन् । आफ्नो शरीरका संवेदनशील मांसपेशीहरू चलचित्र ‘रक्षा’का लागि देखाएपछि यतिबेला धेरै नाम भएकी पूजा निकै आलोचित हुन थालेकी छिन् ।
आफ्नो परिचय खुल्ने नाम नै ‘कन्फ्युज’ भएकी ‘पुजना स्त्री’ले चलचित्र ‘रक्षा’मा त्यो दृश्य खिच्ने छायाङ्करले पनि जिब्रो टोक्नुपर्ने दृश्य दिएपछि हाल बढी नै आलोचित हुन थालेपछि यसका निर्देशक राजु गिरीलाई सिनेमाबाट त्यस्ता दृश्य हटाउनका लागि आग्रह गर्न थालेकी छिन् । उनले दबाब दिन यस कारणले सक्दिनन् कि त्यो दृश्य उनले सहमतिमा नै दिएकी थिइन् र सिनेमाबाट त्यो दृश्य हटाउन भने निर्देशक कुनै पनि हालतमा तयार देखिँदैनन् । गत अङ्कको घटना र विचार साप्ताहिकमा चलचित्र रक्षाको पुजना र नवनायक अशोक फुँयालबीचको बेडसिनेको तस्बिर प्रकाशित गरिएको थियो र यसपटक पनि त्यस्तै तस्बिर प्रकाशित गरिएको छ । … के गरेपछि दैलो देख्यो भनेजस्तै पैसा र चर्चाको लोभमा पुजनाले त्यो दृश्य त दिइन् अब उनले निकै आलोचना र छी:छी: सहनुपर्ने हुन्छ । रक्षाका लागि खिचिएको त्यो दृश्य सरकारले प्रतिबन्ध गरेको चलचित्र एटीएमभन्दा पनि तल्लोस्तरको भएको चर्चा बजारमा चल्न थालेको छ । पुजनालाई उक्त दृश्य दिएबापत चलचित्र युनिटले पौने दुई लाख पारिश्रमिक दियो भन्ने प्रचार पनि गलत भएको रहस्य खुलेको छ ।
चलचित्रका निर्देशक राजु गिरीले धेरै समय यो दृश्यमा खेल्नका लागि थुपै्र नयाँ अनुहार खोजे तर बेडसिन भनेपछि कसैले पनि मानेनन् । क्यामेराको अनुहार पनि नदेखेका नयाँ कलाकारहरूले समेत इन्कार गरेको दृश्य स्थापित भइसकेकी पुजनाले आँखा चिम्लिएर खेलेपछि सिनेमा खेल्नका लागि पुजनामा अझै पनि लोभ रहेछ भन्ने कुरा स्पष्ट भएको छ । पौने दुई लाखको हल्ला चलाए तापनि पुजनाले जम्माजम्मी पचास हजारको भरमा आफ्नो फिल्मी क्यारियर नै ध्वस्त हुने दृश्य दिएको खुलासा भएको छ । पचास हजारका लागि सिनेमामा नग्न हुन तयार भएकी पुजना यतिबेला तनावमा छिन् र त्यो दृश्य कसरी हटाउने ? ‘मुडअफ’ छ यतिबेला उनको ।