चर्पी प्रयोग गर्न प्रजिअको आग्रह

चर्पी प्रयोग गर्न प्रजिअको आग्रह


राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले आफ्नै इज्जत र सम्मान बढ्ने हुनाले चर्पीमा दिशा गरेर सभ्य नागरिकको परिचय दिन आग्रह गरेका छन् ।

शम्भुनाथ नगरपालिकाद्वारा सप्तरीको कठौना सोमबार आयोजित खुल्ला दिशामुक्त र पुर्ण खोपयुक्त नगरपालिका घोषणा समारोहलाई सम्बोधन गर्दै प्रजिअ पाण्डेले उक्त अग्रह गरेका हुन् ।

चर्पी प्रयोग गर्नाले स्वास्थमा समेत समस्या कम आउने हुदा अर्थिक रुपले सबल हुँदै जाने बताउँदै प्रजिअ पण्डेले आफ्नै इज्जत, प्रतिष्ठा र स्वास्थ्यका लागि सबैलाई चर्पी प्रयोग गर्न र नियमित खोप लगाउन अग्रह गरे ।

रातको समय खुल्ला ठाउँमा दिशा गर्न जाँदा जघन्य अपराध पनि हुन सक्नेप्रति सचेत गराउँदै सबैखाले अपराध न्यूनीकरणका निम्ति सुरक्षित क्षेत्रमा दिशा गर्नुपर्नेमा उनले जोड दिए । खुल्ला क्षेत्रमा दिशा गर्नेलाई कडा दण्ड सजाय गर्ने नियम बनाउन सुझाव दिँदै प्रजिअ पाण्डेले कानुन उल्लङ्घन गर्नेलाई कारबाही गर्नको लागि प्रशासनले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

शम्भुनाथ नगरपालिकाका उप प्रमुख कविता सरदारको अध्यक्षतामा आयोजित समारोहमा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ, सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीका उपाध्यक्ष कन्तलाल चौधरी, नेपाली कंग्रसका नेता सवुरलाल साह, शम्भुनाथ नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष मयाकुब राईन लगायतकाले शुभकामाना मन्तब्य ब्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पण्डेले तुल ब्यानर बाचन गरी शम्भुनाथ नगरपालिकालाई पुर्ण खोप र खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरे ।

कार्यक्रममा सप्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेशकुमार सिंह, शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजबिराजका प्रमुख रामाधार यादव, अनुधान्धनका प्रहरी उपरिक्षक देवराज लिम्बु, भिम दल गणका मेजर रमेश कुमार, जिल्ला समवन्य समिति सप्तरीका वरिष्ठ कार्यक्रम अधिकृत नवराज खड्का लगायतका विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।