२४ सै घण्टा उडानलाई निरन्तरता दिने विभागीय मन्त्रीको महत्वकांक्षी योजना

२४ सै घण्टा उडानलाई निरन्तरता दिने विभागीय मन्त्रीको महत्वकांक्षी योजना


छविलाल बगाले
पछिल्लो समय दाङ र बाग्लुङमा रहेको विमानस्थलमा उडान भरिएसँगै बन्द रहेका अन्य विमानस्थल पनि क्रमशः सञ्चालनमा आउने अपेक्षा छ । विभागीय मन्त्रीले समेत काठमाडौंको विमानस्थलमा कम भार पर्ने गरी उडान सञ्जाल विस्तार गरिने योजना सुनाएका छन् । तर, ठूला सहरमा रहेका विमानस्थलबाट नजिकका दूरीमा उडान भर्न पूर्वाधार नै बाधक बन्ने देखिन्छ ।

आन्तरिकतर्फ वैकल्पिक विमानस्थलको खोजी भइरहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक उडान सञ्जाल विस्तारको बहस त सुरु गरेका छन् । तर, मुलुकभर रहेका सबै विमानस्थलमा जहाज पु¥याउने लक्ष्य पूर्वाधारकै कारण तत्काललाई भने सजिलो छैन ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई समेत ध्यान दिँदै सरकारले बिराटनगर, सिमरा, पोखरा, नेपालगञ्ज, सुर्खेतलाई केन्द्र बनाएर त्यहाँबाट नजिकको दूरीमा उडान भराउने तयारी थालेको मन्त्री अधिकारीको भनाई छ ।

काठमाडौंबाट ठूला विमानले यात्रु प्रमुख सहरमा पु¥याउने र त्यहाँबाट पहाडी क्षेत्रमा उडान भराउने सरकारको तयारी छ । यसले काठमाडौं विमानस्थलको चाप घटाउँदा देशभर हवाई सञ्जाल विस्तारमा पनि सहयोग पु¥याउँछ ।

तर, मुख्य सहरमा रहेका विमानस्थलमा ठूला विमान उडान र अवतरणका लागि पूर्वाधार छैन । पूर्वाधारको विकास र विस्तार गरेपछि मात्रै यो योजना कार्यान्वयन हुनसक्छ । तर, विभागीय मन्त्री भने २४ सै घण्टा उडानलाई निरन्तरता दिने महत्वकांक्षी योजनामा छन् ।

सरकारको तयारीअनुरुपको पूर्वाधार मात्रै होइन हामीसँग पर्याप्त विमान पनि छैन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार आन्तरिक तर्फ ३ सयको हाराहारीमा आन्तरिक उडान अवतरण हुने गरेका छन् । सरकारी स्वामित्वको नेपाल बायूसेवा निगमसँग पर्याप्त विमान नहुँदा बजार अंशमा तीब्र बृद्धि गर्न सकेको छैन् ।

अहिले अन्तराष्ट्रिय अन्य विमान कम्पनीले ९० प्रतिशत बजार अंश ओगटेकोमा निगमले १० प्रतिशतमा चित्त बुझाउनु परेको छ ।